काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन(जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ । पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन(जीहरुमाथिको धरपकड तथा दमनले आफूहरुलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरुप्रतिको चरम असन्तुष्टि र जेन(जीको बिद्रोहमार्फत सुशासन र भ्रष्टाचार मुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए । ‘जेन(जीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने…
Read MoreCategory: समाचार
जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष अोलीले पार्टी प्रवेश गराएका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए ।
Read Moreगैर सांगठनिक चरित्रको पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्याए : नेता घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल गरेर महाधिवेशनको लागि २४८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको बताए । उनले भने, ‘अब हामी महाधिवेशन तर्फ लागौ, अहिलेको अवस्थालाई विवेचना गरौं । घटनाहरुलाई समिक्षा गरौ, आत्म समिक्षा गरौ ३५, ३६ वर्ष सरकार चलाउदा हामीले कतै कमजोरी त गरेनौ समिक्षा गरौं त्यसको लागि केन्द्रीय समितिको…
Read Moreबीमामा रहेको वेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं :मन्त्री सुधा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् । उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व…
Read Moreबीमामा रहेको वेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं :मन्त्री सुधा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् । उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व…
Read Moreनेप्से ९.६१ अंकले बढ्यो,कारोबार रकममा पनि सामान्य वृद्धि
काठमाडौं । साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो । आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ । मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यस दिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ…
Read Moreजसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु,आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ । जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र…
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा…
Read Moreनिर्वाचनको वातावरण बनाउन सरकारलाई उत्प्रेरित र दबाब दिनेछौं : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ । यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौ । राजनीतिक दलहरुलाई अपिल गर्ने छौ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौ…
Read Moreसिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।
Read More