यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १२०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रहेको छ । यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३०, गाँजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ७५ काउली…

Read More

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ। अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम  चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

Read More

चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

रौतहट । रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन,बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एटिम एक…

Read More

घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् । हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका-३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् । त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका-५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

Read More

यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार ) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर…

Read More

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

काठमाडौंँ। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष९सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।

Read More

हिजो एकैदिन देशभर १८ विपद्का घटना

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई-दुईवटा घटना घटेका छन् । आगलागीका मात्र १५ घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५५०…

Read More

सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति

रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् । भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्…

Read More

‘अझै आइ-भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ’

खर्चको हिसाबले हेर्दा आइ(भोटिङ सबैभन्दा किफायती मोडेल देखिन्छ । एक भोटको लागत करिब पाँच डलर पर्छ । यो रकम अन्य विकल्पहरूसँग तुलना गर्दा निकै कम हो । पोस्टल भोटिङमा ४२०-४३० रुपैयाँ प्रति भोट खर्च पर्छ, त्यो पनि द्रुत र सुरक्षित अन्तर्राष्टिूय कागजात बोक्ने सेवामार्फत मात्रै सम्भव हुने अवस्था छ । डा.खगेन्द्रराज ढकाल, अध्यक्ष, नेपाल पलिसी इन्स्टिच्यूट (एनपीआइ) विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो’ सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्न मिति तय गरेसँगै विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि मताधिकारको बहस चर्किएको छ । तर मतदानको…

Read More

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए । उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा…

Read More