कांग्रेस निर्वाचनमा जाने, प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो। महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। तर कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ । कांग्रेसले सरकारलाई निर्वाचनको…

Read More

सरकार मुलुकलाई थप संकटमा पुर्याउन अग्रसर छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् । शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन् । उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे । उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार…

Read More

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै…

Read More

मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो । संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने दिपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ । सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव गरी ५ जना सचिवमा चयन भएका छन् । शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । नवगठित केन्द्रीय युवा…

Read More

एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  जानकारी गराएको छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्यमोदय मोड र  सभागृहतिरबाट  डाईभर्सन  गरिएको  हो   । प्रदर्शनका कारण  टुँडिखेल  वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ । मानिसहरू  भेला वा जम्मा भएकाले काठमाडौँको  माइतीघर चोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य…

Read More

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । वि.सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, कुमारी घर रहेको वडाका अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए…

Read More

आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै

काठमाडौं । आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन ¥याली  गरेको थियो । यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरि  जनप्रदर्शन ¥याली समेत गरेको थियो ।

Read More

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ११०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रहेको छ । यस्तै, गाँजर (लोकल) प्रतिकिलो १२०, गाँजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ५५, काउली…

Read More

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ । मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो । गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्न मतभिन्नता देखिएपछि बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पनि अनौपचारिक छलफल गरी…

Read More

यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर…

Read More