कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान

सुर्खेत । कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०÷८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान थियो । यस वर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत र…

Read More

यस्ता छन्, आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदिश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन १. बंगलादेशको ढाकामा २०८२ मंसीर १० र…

Read More

सिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी

बारा । बारको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ । यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग…

Read More

गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द

सिरहा । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् । युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Read More

व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

काठमाडौं । द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा÷उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो । द क्लिफले यसभन्दा पहिले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका निर्देशक राजन कुमार जोशीलाई सम्मानपत्र हस्तान्तरण गरेका…

Read More

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बीच एकताको प्रकृया अन्तिम चरणमा पुगेको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सहमति पत्रको डूाफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली(शुक्रबार)त्यसलाई अन्तिम रुप दिने जानकारी दिए । उनले भने,‘सहमति पत्रको डूाफ्ट तयार गर्यौं । त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रुप भोली दिनेछौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’ उनले छलफमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए…

Read More

नवयुवाहरूद्वारा नेपाली कांग्रेसको सुधारका लागि ‘सुधार प्रस्ताव’ प्रस्तुत

काठमाडौं । लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा÷नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन् । चिकित्सा, इन्जिनियरिङ, वकालत, प्रध्यापन, कलाकारिता, वित्तीय, आइटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि  लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करिब एक सय प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ र अनुभवहरूलाई ‘सुधार प्रस्ताव’ मार्फत महामन्त्रीद्वय शर्मा र थापासमक्ष प्रस्तुत गरेका हुन् । कात्र्तिक २९ गते काठमाडौंमा आयोजित ‘कांग्रेसको विचार’ विषयक कार्यक्रममा सहभागी नवयुवा÷युवाहरूबाट आएका सुझावहरू ‘सुधार प्रस्ताव’मा समेटिएको छ । यसका लागि प्रदीप…

Read More

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप हुँदैन् : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन लिदैँ उनले नेपाल टेलिकमको खास गरेर बिलिङ प्रणालीको खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन अवरोधक नबन्ने र हस्तक्षप नगर्ने बताए । उनले भने, ‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदको सन्दर्भमा हामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र बाहिर जे जस्तो खालको केही विवादको कुराहरु पनि आएका थिए, त्यसलाई पनि समेटेर…

Read More

आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए । उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर…

Read More

अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान, कुल रकम ७४.७ करोड डलर पुग्यो

काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ । थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग…

Read More