काठमाडौं – भदौ २३ गतेको जेनजी आन्दोलनमा देशभर ७४ जनाले ज्यान गुमाए। आन्दोलन सुरू भएको दिन काठमाडौंमा मात्र १९ जना युवाको मृत्यु प्रहरीको गोलीमा भएको थियो। मृत्युपछि फैलिएको जनाक्रोशले २४ भदौमा सिंहदरबार, संघीय संसद, सर्वोच्च अदालतदेखि अख्तियारसम्मका कार्यालयमा आगजनी गर्यो। प्रमुख राजनीतिक दलका नेताहरूका घर र व्यापारिक भवनहरू समेत आगलागीको चपेटामा परे। देशभरका १९७ प्रहरी कार्यालय पूर्ण रूपमा जले, २५८ कार्यालयमा आंशिक क्षति भयो। २६ कारागार फोडिँदा १४ हजार ५५६ कैदीबन्दी भागे, जसमा ७ हजार मात्र पक्राउ वा आत्मसमर्पण भए। बाँकी ७ हजार ५५६ अझै फरार छन्। सरकारले ५ भदौमा…
Read MoreCategory: समाचार
काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा
सञ्जय मिश्रा रौतहट, ५ असोज । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्। मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा…
Read Moreभ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह
काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए । आजपाको आज (शनिबार) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए । आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ भन्ने निष्कर्ष निकाल्दै दुई बर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको…
Read Moreनौ शीर्षकको बजेट कटौति गर्ने निर्णय
कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो । बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका…
Read Moreभ्रष्टचार, कुशाषन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोट: कमल थापा
काठमाडौं, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् । आज पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उनको दाबी थियो । उनले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दै यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको टिप्पणी गरे । १० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आबश्यक भएको भन्दै…
Read Moreनिर्वाचनमा केन्द्रित भयौं: राष्ट्रपति
काठमाडौं, ३ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे । राष्ट्रपति पौडेलले भने, ‘यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता…
Read Moreपेरिसडाडावाट प्रचण्डले भने, `घोषित मितिमा नै निर्वाचन हुनु पर्छ´
संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कायालय पेरिसडाँडामा राखेको धारणा ११ औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरू प्रति पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आजको यस ऐतिहासिक दिनमा विशेष गरी जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएका साथीहरूलाई म स्मरण गर्न चाहन्छु। शहीदहरू प्रति हामीले हिजो पनि श्रद्धाञ्जली व्यक्त गरेका थियौं र आज पनि गरिरहेका…
Read Moreसंसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड
काठमाडौं, ३ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् । `संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,´ प्रचण्डले भने । उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संबाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।
Read Moreओलीले भने, `संविधान बचाउ, सार्बभौमसत्ताको रक्षा गरौं´
काठमाडौं, ३ असोज । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले साे आब्हान गरेका हुन् । जेन जी आन्दोलनवाट बाध्य भएर राजिनामा दिएका ओलीले पहिलो पटक अौपचारिक बक्तब्य जारी गरेका हुन् । उनी हिजो मात्रै सैन्य सुरक्षा घेरावाट बाहिर निस्केर गुन्डु, भक्तपुरस्थित नयाँ निवासमा सरेका हुन्। जेएनजी आन्दोलनको क्रममा उनको दुबै घर पुर्ण रूपमा ध्वसत गरिएको थियो। उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस। नेपाली जनताले ७०…
Read Moreदेउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिने बताएका छन्। जेएनजी आन्दोलनवाट बिस्थापित भए पछि पहिलो पटक संविधान दिवसको अवसरमा बक्तब्य दिदैँ देउवाले संबिधानवा नै निकास निस्कन सकिने जनाएका हुन्। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने उनको विश्वास छ । उनले संविधान दिवसको शुभकामना दिदैँ भनेका…
Read More