काठमाडौं, १ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए । ‘नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ’, उनले लेखेका छन् । फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै…
Read MoreCategory: समाचार
श्रीमतीको हत्या अभियोगमा पर्सामा एक पक्राउ
पर्सा, १८ साउन । आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा थप एकजना पक्राउ परेका छन् । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreबागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’
हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लामा बिरूद्द कांग्रेस…
Read Moreकास्कीवाट १७ जना जुवाडे पक्राउ
कास्की, १८ साउन । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् सोही महानगरपालिका–३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreतुर्केमिस्तान प्रस्थान गर्नु अघि मन्त्रीपरिषद बैठक सुरू
काठमाडौं, १८ साउन । मन्त्री परिषदकाे बैठक सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्नु अघि मन्त्री परिषद बैठक सुरू भएकाे हाे । उनी राती ११ः०० बजे तुर्केमिस्तान प्रस्थान गर्दैछन् । तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेक…
Read Moreविदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने
काठमाडौं, १८ साउन । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ। पहिलो चरणमा केही निश्चित वस्तुहरूमा मात्र गुणस्तर प्रमाणिकरण लागू गर्ने र क्रमशः सबै आयातित वस्तुहरूमा अनिवार्यरूपमा नेपाल गुणस्तर लागू गर्ने निर्णय गरिएको छ । यस निर्णयबाट बजारमा गुणस्तरीय वस्तुको पहुँच…
Read Moreरिटर्नीहरुको अगुवाईमा नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न
काठमाडौं १७, साउन । रिटर्नी फेडेरेसन नेपालद्धारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ । सो कार्यशालामा २५ अर्बको लक्ष्य सहित रिटर्नीहरको पहलमा स्थापना भएको पब्लिक कम्पनीको व्यवसायीक तथा वित्तिय योजना तय गर्न विभिन्न चरणमा छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका महासचिव शंकर पोखरेलले जोखिम मोल्ने क्षमता बनाएर मात्र व्यवसायमा लाग्दा सफल भईने बताए । म बनाउँछु मेरो देश भन्ने भाबना नागरिकमा जागृत हुनुपर्ने भन्दै अधिकार खोज्ने तर कर्तब्य निर्बाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको भन्दै पोखरेलले देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र…
Read Moreएमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न
काठमाडौं, १८ साउन । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा सो बैठक बसेको हो । बैठकले महाधिवेशन तयारीको अहिलेसम्मको कामको समिक्षा गर्दै तीब्रताका साथ तयारीका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
Read Moreकैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ
कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreश्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ
ललितपुर, १८ साउन । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read More