काठमाडौं, १८ साउन । साताको पहिलो दिन नेप्से परिसूचक ६३ अंकले घटेको छ। गत शुक्रबारको तुलनामा २.८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा रोकिएको हो । आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार कारोबार रकम १३ अर्ब सात करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो दिन १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो। आज नेप्सेका सबै १३ वटा समूहकै सूचकमा गिरावट आएको छ। लघुवित्त र अन्य समूह सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घट्दा बैंक, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह…
Read MoreCategory: समाचार
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् । पुर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो आरोप लगाएका हुन् । प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा…
Read Moreजनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन ओलीकाे निर्देशन
काठमाडौं, १८ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन । बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रहसमेत गरे । उनले भने, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’ एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिए । हालै…
Read Moreअर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन सबन्धी छलफल सुरू
काठमाडौं, १८ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने…
Read Moreसिवाईसी नेपाल लघुवित्तको नाफामा तीनगुना वृद्धि, EPS मा पनि उल्लेख्य सुधार
काठमाडौं, १८ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक नतिजा प्रस्तुत गरेको छ। संस्थाले समीक्षावधिमा ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब तीनगुना (२०८.४४%) वृद्धि हो। गत वर्ष यसै समयमा संस्थाको खुद नाफा ३ करोड ८० लाख रुपैयाँ मात्रै थियो। वित्तीय प्रदर्शनको विश्लेषण गर्दा, सिवाईसीको खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ, जसमा ४१.२९ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको छ। सञ्चालन आम्दानी…
Read Moreनेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँको तरलता तान्ने
काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ। आइतबारका लागि तोकिएको यस विशेष सङ्कलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो। सूचनामा उल्लेख गरिएको अनुसार, बोलकबोल प्रक्रियामार्फत संकलन गरिने तरलताको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्। प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइनेछ, र बाँकी रकम निःशेष…
Read Moreकालीमाटीमा दैनिक प्रयोग हुने तरकारी र फलफूलको थोक मूल्य यति छ
काठमाडौं, १८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि दैनिक जीवनमा बढी प्रयोग हुने तरकारी र फलफूलहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। आज तोकिएको मूल्यअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५० रुपैयाँमा झरेको छ भने टनेलमा उत्पादन भएको सानो गोलभेँडा ३५ रुपैयाँमा पाइनछ। नियमित रूपमा पकाइने आलुमा पनि भिन्नता देखिएको छ, स्थानीय रातो आलु ४२ रुपैयाँमा छ भने भारतीय रातो आलुको मूल्य २८ रुपैयाँ तोकिएको छ। घरघरमा प्रयोग हुने प्याजको मूल्य ३६ रुपैयाँमा झरेको छ। काउली र बन्दा पनि उपभोक्ताले धेरै खपत गर्ने तरकारी हुन्—जहाँ स्थानीय…
Read Moreराष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, रूपन्देहीद्वारा आर्थिक वर्ष २०८२-८३ को वार्षिक कार्यक्रम सार्वजनिक
भैरहवा, १८ साउन — नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (पिआइयु), रूपन्देहीले आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनिकरण गरेको छ। कार्यक्रम कार्यान्वयन एकाइ, रूपन्देहीले कृषि यान्त्रिकीकरण, प्रविधि प्रवद्र्धन, सिँचाइ सुविधा विस्तार, व्यवसायिक कृषि प्रणाली र कृषक क्षमता अभिवृद्धिमा जोड दिँदै कार्यक्रम अघि बढाउने जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाईँले हालसम्मको कार्यान्वयनले अपेक्षित सफलता नपाएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाउनुभयो। उहाँले योजना निर्माण र कार्यान्वयनमा जनताको आवश्यकता पहिचान गर्न नसकेको उल्लेख…
Read Moreअब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार
काठमाडौं, १८ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पु¥याएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ। त्यस्तै, सवारी साधनको जाँचपास तथा प्रदूषण परीक्षणको व्यवस्था पनि परिमार्जन गरिएको छ। अब निजी क्षेत्रका योग्य र मापदण्डअनुसार अनुमोदित संस्थाहरूले पनि सवारी साधनको जाँचपास र प्रदूषण परीक्षण गर्न…
Read Moreमन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन
काठमाडौं, १८ साउन । अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। नेपाल राजपत्रमा प्रकाशित संशोधन अनुसार, अब तलब सुविधा नेपाल सरकारले सूचना प्रकाशित गरी तोक्नेछ। नयाँ व्यवस्थाले ऐनमा स्पष्ट उल्लेख नभएका सुविधाहरू पनि मन्त्रिपरिषद्को निर्णयअनुसार मिल्न सक्ने बनाएको छ। सरकारी कामका लागि देशभित्र वा विदेश भ्रमण गर्दा दिने भ्रमण भत्ता भने प्रचलित कानुनअनुसार प्रदान गरिने व्यवस्था यथावत् राखिएको छ। हालसम्मको प्रचलनअनुसार प्रधानमन्त्रीको…
Read More