रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन । संयोजक दाहालले सुरुदेखि नै आफ्नो नेतृत्वको पार्टीले निर्वाचनको विकल्प नभएको अडान राख्दै आएको स्मरण गराए । यो निर्वाचनलाई उनले ‘सामान्य’ मात्र नभई ‘असामान्य’ र ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् । निर्वाचन सफलतापूर्वक सम्पन्न हुन लागेकोमा आफू निकै उत्साहित र खुसी रहेको उनले बताए ।…
Read MoreCategory: समाचार
कांग्रेस सभापती थापाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
Read Moreप्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील
काठमाडौै । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह गरेकी छन् । बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।’
Read Moreभयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठुलो दल बन्दैछ : विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन,‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’ कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति…
Read Moreपूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान
काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन् । घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने, ‘एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौ।’ यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन् ।
Read Moreरास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे । ‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’ लामिछाने आफू चितवन–२…
Read Moreबालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्। उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै केन्द्र पुगेका थिए । उनी यतिबेला रास्वपाबाट झापा क्षेत्र नं ५ मा मुख्य प्रतिस्पर्धीका रूपमा पनि रहेका छन्।
Read Moreदेशभर मतदान सुरु
काठमाडौं । आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन् । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था…
Read Moreपर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।
Read Moreसर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ
सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना…
Read More