काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’ हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ…
Read MoreCategory: राजनीति
स्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च
काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।
Read Moreचुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ । यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी– १ बाट भरतबहादुर खड्का १४,८९७ मतले बिजय हुँदा दैलेख– १ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा –तेह्रथुम – १ बाट ११,५६१ मतले विजय भएका छन् । यस्तै,…
Read Moreर्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा तीव्र परिवर्तन देखिएको छ । यही परिवर्तनको केन्द्रमा छन् काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जो ¥याप संगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै अहिले प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चाको केन्द्रमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका थिए । लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले…
Read Moreउज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई बधाई दिएका छन् । उनले आगामी दिनमा उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पराजित भएपछि सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै निर्वाचनमा विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै चुनावको परिणाम जे जस्तो भए पनि क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।…
Read Moreललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।
Read Moreभक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रुकेश रन्जित विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत ,नेकपा (एमाले) का सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर…
Read Moreसर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम
सर्लाही । सर्लाही ९ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन्। उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत…
Read Moreबालेनले कटाए १३ हजार भन्दा बढी मत
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् । शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् । बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।
Read Moreसिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा
सिरहा । सिरहा क्षेत्र नम्बर २ अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. १, २ र ३ को मतगणना सकिँदा हालसम्मको प्राप्त मत परिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अग्रस्थानमा देखिएका छन् । प्राप्त मत परिणाम अनुसार रास्वपाका शिव यादवले ३,९५१ मत, नेपाली कांग्रेसका रामचन्द्र यादवल १,११२ मत, एमालेका नविन यादवले ३४० मत,जसपाका संजिव यादवले ६९७ मत, नेकपाका मुक्ति सिंहले १६२ मत, तथा जनमतका विनोद यादवले १४० मत प्राप्त गरेका छन् । बरियारपट्टी–१, २ र ३ को मतगणनासम्म रास्वपा उम्मेदवार शिव यादव…
Read More