काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उनले जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने बताए । उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले…
Read MoreCategory: राजनीति
एमाले सचिवालयको निर्णय: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण
काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले यस निर्णयबारे आधिकारिक जानकारी दिएका हुन्। “आजको सचिवालय बैठकको एउटै र सबैभन्दा महत्वपूर्ण निर्णय भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने नै हो,” उपमहासचिव भट्टले भने। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर सक्रिय राजनीतिमा फर्किने इच्छा देखाएकी भण्डारीलाई एमालेले औपचारिक रूपमा पार्टीमा पुनरागमन गराएको हो। यस…
Read Moreसांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए । उनले भनेका थिए,‘ ‘आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहेको छ ।’…
Read Moreपर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो । बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो । उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन…
Read Moreनयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालडीपी अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् । नेपाल व्यापार शिखर सम्मेलनकाे उद्घाटन समारोह बाेल्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र निजी क्षेत्र मैत्री वातावरण आसा पलाएको छ । यसले लगानी कर्ताहरूमा नयाँ उत्साह भनुर्का साथौ उत्साहलाई दुर्गकालीन विश्वासमा बदल्न हामीले नितीतग स्थिकायम गर्न सक्नु पर्दछ ।’ सभामुख अर्यालले वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत…
Read Moreजनगुनासोमा ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी उजुरीमा तत्काल सम्बोधन
काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पु¥याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ…
Read Moreराष्ट्रियसभा बैठक बस्ने
काठमाडौं । राष्ट्रियसभाको बैठक आज सोमबार बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
Read Moreप्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । यस्तै, बैठकमा आ।व। २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।
Read Moreएमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारले जानकारी दिए । जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी…
Read Moreविकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बौठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।
Read More