काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन्। सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनयन गरेका हुन्। मनोनीत हुने विषय विज्ञ सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
Read MoreCategory: राजनीति
सरकारको कडाइ : दुई दशकका उच्चपदस्थको सम्पत्ति छानबिन हुने
सार्वजनिक पदमा बसेर सम्पत्ति जोडेकाहरू अब सरकारी निगरानीमा पर्ने भएका छन्। सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगले विगत दुई दशकमा उच्च सार्वजनिक पद सम्हालेका राजनीतिक नेतृत्व, कर्मचारी र उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेको सम्पत्तिको विस्तृत छानबिन प्रक्रिया अघि बढाएको हो। आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत मसान्तसम्म सार्वजनिक जिम्मेवारीमा रहेका तथा हाल अवकाश प्राप्त व्यक्तिहरूको सम्पत्ति विवरण संकलन गर्ने निर्णय सार्वजनिक गरेको छ। आयोगका अनुसार उनीहरूले पैतृक सम्पत्ति, घरजग्गा, बैंक मौज्दात, शेयर लगानी, ऋण, व्यापार, कृषि, विप्रेषणलगायत सम्पूर्ण आयस्रोत र खर्च विवरण ३० दिनभित्र पेश गर्नुपर्नेछ। छानबिनको दायरामा…
Read Moreराप्रपाको मुख्य सचिवमा प्रा.डा. खनाल नियुक्त
काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल नियुक्त भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टीको विधान बमोजिम राप्रपाको मुख्य सचिव पदमा खनाललाइ नियुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन ।
Read Moreगृह जिल्ला पुगेर खड्काले भनेः ‘काँग्रेस विभाजनको संघारमा छ’
सुर्खेत । नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए । भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिबेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए । ‘इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा…
Read Moreसोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ । आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।
Read Moreजेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : संयोजक असिम शाह
काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका थिए । उनीहरूको…
Read Moreसरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।” गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख…
Read Moreप्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नैतिकताका आधारमा राजीनामाको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् । विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहेका थिए । प्रतिपक्षी दलहरूले उपस्थितिको…
Read Moreसङ्घीय मन्त्रालयको संख्या घटाएर १८ पु¥याउने सरकारको निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ पु¥याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय यथावत राखेको छ । यसैगरी, पूर्वाधार विकास मन्त्रालय, भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, युवा,…
Read Moreराष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
Read More