प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

Read More

तिन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ । यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।

Read More

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

काठमाडौं । राष्ट्रियसभाका सांसद झकुप्रशाद सुबेदीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठकमा बाल्दै उनले राष्ट्रले ठूलो लगानी गरेका आयोजना र राष्ट्रिय गौरवका योजनाबारे दस्तावेज मौन रहेको टिप्पणी गरे । उनले भने, ‘राजस्व उठाउने रोडिगल कुरा नीति तथा कार्यक्रममा केही पनि छैन । नीति तथा कार्यक्रम लागु गर्नको लागी आयोजनाको बारोमा यो दस्तावोज मौन छ ।’ उनका अनुसार निजगढ विमानस्थललाई देशको “गेम चेन्जर” योजनाका रूपमा अघि सारिएको भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छैन । ‘गैर बको…

Read More

बिहीबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

Read More

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने…

Read More

नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ

काठमाडौं । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे । उनले भने, ‘बि.स १९२० मा इलामा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र रोजगारी निर्यात अन्तर्राष्ट्रिय पहिचान सँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ ।’ उनले १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्रै नेपालबाट करिब…

Read More

बेरोजगारी घटाउन युवामुखी नीति ल्याउन सांसद क्षेत्रीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १६औँ योजनाले तय गरेको बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य पूरा गर्न सरकारले युवामुखी नीति ल्याउनुपर्नेमा जोड दिइन् । उनले कृषिजन्य तरकारी तथा खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै सीमापारिबाट सस्तो मूल्यमा वस्तु भित्रिँदा स्वदेशी उत्पादनले बजार नपाएको उल्लेख गरिन् । त्यसैले करको दर ,दायरा आवश्यक परिमार्जन गरेर भएपनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गरिन् । उनले भनिन्,‘बेरोजगारीलाई पाँच…

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए । उनले विमानस्थल पूर्वाधारतर्फ करिब १० अर्ब रुपैयाँ लगानी भएको र २३ अर्ब रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइएको उल्लेख गर्दै यति ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए । उनले भने ‘गौतमबुद्ध इन्टरनेस्नल एर्पोट पुर्वधार तर्फ १० अर्बको क्यापेट यसमा २३ अर्बको जग्गाको दिइसको छौँ । यति मात्र नभएर…

Read More

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ ) ले सर्वोच्च अदालतको आदेश बमोजिम निर्माण कार्यको बोलपत्र मूल्यांकन प्रक्रियामा महत्वपूर्ण फेरबदल गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मिति २०८३/०१/२३ मा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (झ) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ निर्देशन पठाएको हो । उक्त आदेशको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई मिति २०८३÷०१÷२८ मा प्राप्त भएको डकुमेन्टमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार १०० मिलियन रूपैयाँभन्दा माथिका निर्माण कार्यहरूका लागि संयुक्त उपक्रम (जोइन्ट भेन्चर)…

Read More

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आज पनि प्रधानमन्त्री उपस्थित नभएको बताए । उनले भने, ‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदन प्रधानमन्त्रीलाई देखेनै ।’ सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत…

Read More