भक्तपुर, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका…
Read MoreCategory: राजनीति
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू
काठमाडौं, १६ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय, पेरिसडाँडमा सुरू भएको उक्त बैठकका लागि बुधवार नै अजेन्डा तय गरिएको थियो । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन । साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् ।
Read Moreगोदावरीको जग्गा भोगाधिकार माग गर्दै नेकपा एसले बुझायो ज्ञापन पत्र
धनगढी, १५ साउन । नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले गोदावरी राजधानीको जग्गा भोगाधिकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटि इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए । विज्ञप्तीमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा भोग चलनको कानूनी अड्चनका कारण देखाई अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरीरहेको भन्ने हाम्रो बुझाई छ, ` गोदावरी र चुरेका इन्चार्जको…
Read Moreप्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रीपरिषदकाे निर्णयहरू)
काठमाडौं, १५ साउन । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । बैठकले न्याय सेवा…
Read Moreराष्ट्रियसभा बैठक बस्दैँ, चलचित्र बिधेयक समितिमा पठाइने
काठमाडौं, १४ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर सुनाइनेछ । बिकास, आर्थिक मामिला तथा सुशाषन समितिको सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रवाट विकासशिल राष्ट्रमा स्तोरन्नती सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा…
Read Moreसंसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ
काठमाडौं, १४ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।
Read Moreमाओवादीले नेतृत्व गरेका पालिकाहरू सबैकुरामा अब्बल देखिएका छन्ः अध्यक्ष प्रचण्ड
काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन् । माओवादी केन्द्र, समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए । “नेपाली…
Read Moreबाग्मतीका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो
हेटौंडा, १३ साउन । बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ । संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ । अब नयाँ नेता चयन गर्नका लागि बुधवार…
Read Moreसमाजवादी मोर्चाको बैठक सुरू
काठमाडौं, १३ साउन । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक सुरू भएको हो। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।
Read Moreपुर्व सचिव पन्तलाई ५ लाख धरौटीमा छाडन बिशेष अदालतको आदेश
काठमाडौं, १३ साउन । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा…
Read More