बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन् । सोमबार रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे । उनले भने,‘बालेन शाहलाई प्रधानमन्त्री बनायौं भने सहीदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसलै बालेनलाई जिताउन आवश्यकता छ । जेनजी आन्दोलनको तमाम शहीदहरुको साक्षी राखेर घोषणा गर्न चाहन्छु कि देश बालेनमय भएको…

Read More

जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले भने,‘काठमाडौं घुम्न जानुहोस् । पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । अब अधिकार माग्न जाने होइन् । त्यो अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ ।’ यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी…

Read More

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो । हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं ।’ आफूमाथि निरन्तर मुद्दा…

Read More

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

Read More

रौतहट–१ मा चुनावी सरगर्मी : माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए…

Read More

सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् । चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको उनको भनाइ छ…

Read More

रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् । ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् । उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र…

Read More

प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए । उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म…

Read More

कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे । उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति…

Read More

बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा विताउँछु : राजु पाण्डे

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । शुक्रबार राजीनामा दिएसँगै महानगर प्रहरी प्रमुख पाण्डेलाई महानगरमा कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै उनले अब बाँकी जीवन आफूले आफैंलाई कमान्ड गर्ने सत्कर्ममा विताउने बताए । राजनीतिमा प्रवेशबारे संकेत गर्दै उनले समाजले आवश्यक ठानेको भूमिकामा लाग्ने धारणा राखे । उनले भने,‘अब स्वयंम आफूले आफैंलाई कमाण्ड गर्ने हो । सत्कर्मतिर कमान्ड गर्ने हो । सत्कर्मतिर आफूले आफूलाई कमान्ड गर्न म लाग्छु, अध्ययन गर्छु र समाजलाई कुनै किसिमको भूमिका आवश्यक ठानेको अवस्थामा त्यतातिर लाग्छुु…

Read More