चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए । शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान…
Read MoreCategory: राजनीति
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् । शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे । उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ । म फेरी पनि स्पष्ट पार्न चाहन्छु । पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो । संरचना…
Read Moreफागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले फागुन २१ गतेको निर्वाचन एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने अवसर भएको बताएकी छिन् । शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भइरहँदा सुशासन आउन नसक्ने भन्दै सुशासनको लागि भ्रष्टाचारयुक्त राजनीति गर्ने राजनीतिज्ञहरुको अन्त्य हुनैपर्ने बताइन् । उनले भनिन्,‘फागुन २१ गतेको निर्वाचन एउटा राजनीनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचन हो । अहिलेसम्म भ्रष्टाचारले लिप्त भएको समाजको अन्त्य गरेर सुशासन भएको समाज निर्माण गर्ने अवसर…
Read Moreएउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा हिरोका कारण फिल्म चलेपनि देश नचल्ने बताएका छन् । अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टीम’ सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ । उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन ।’ उनले थपे, ‘देश बनाउन सशक्त र सक्षम टीम चाहिन्छ । त्यो टीम कांग्रेसले बनाएर अघि बढ्छ” पश्चिमनवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा संबोधन गर्दै शर्माले…
Read Moreबिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल
काठमाडौं । नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए । पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् । चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् । पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो…
Read Moreगृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सो अवसरमा गृहमन्त्री अर्यालले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी…
Read Moreउद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ । महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो । सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट) , उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि विशेष अन्तरवार्तामा ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत गरेका थिए । महासंघको आगामी चैत २८ र २९ मा…
Read Moreरास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा : ‘टुरिष्ट’लाई होइन राणालाई भोट दिन आग्रह
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउने उद्घोष गरेकी छिन् । सोमबार बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरुको हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन् । ‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति हुँ । कांग्रेसको घरदैलोमा किन आइरहेको छु भने मेरो पार्टीभित्रको गलत प्रवृति भन्न पनि आएको हुँ । रास्वपाको स्थापनाकालदेखिको सदस्य हुँ तर कांग्रेससँग मेरो परिवारको साइनो भएकाले कविर दाईलाई जिताउनुपर्छ भनेर आएको छु,’ उनले अगाडि भनिन्,‘…
Read Moreयस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा
काठमाडौं । नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आसन्न निर्वाचनलाई बालकोटको प्रतिष्ठासँग जोड्दै मतदातासँग समर्थनको अपिल गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै राणाले आफू व्यक्तिगत रूपमा मात्र नभई समग्र बालकोट क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताए । ‘यस पटक म उठेको होइन, बालकोट उठेको हो । त्यसैले बालकोटले यस पटक इज्जत राख्नुपर्छ,’ उनले भने । उनले इतिहास बोकेको र लोकतन्त्रका लागि संघर्ष गरेको बालकोटको उम्मेदवार पराजित भए त्यसको असर व्यापक रूपमा पर्ने दाबी गरे । ‘यतिबेला टिकट पाउँदा पनि इतिहास बोकेको बालकोट, लोकतन्त्रका लागि लडेको बालकोटको उम्मेदवार…
Read Moreकाठमाडौं ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले सार्वजनिक गरे प्रतिज्ञापत्र
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ–४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ । उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा भुमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौमाा उद्यमशीलतना र रोजगारी एवम् सूचना प्रविधि विकासको विषयलाई समेटेका छन् । यस्तै छैटाँमा शिक्षा क्षेत्र सुधार, सातौँमा धार्मिक तथा सांस्कृतिक सम्पदा एवम्…
Read More