राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा सेना अगाडि आउँदैन

तोकिएकै समयमा निर्वाचन हुन्छ, सेना अगाडि आउने विषय भ्रम होः अध्यक्ष शिवाकोटी काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष डा.गोपाल कृष्ण शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन् । सोमबार राजधानीमा गरेको कार्यक्रममा अरु सूरक्षा निकाय भन्दा नेपाली सेना अगाडि आएर भूमिका खेल्ने विषय सत्य नभएको समेत बताएका छन् । डा.शिवाकोटीले निर्वाचर्नको लागि जम्मा नौं दिनमात्रै बाँकी रहँदा कतिपयले चुनाव निर्धारित समयमा हुँदैन भनेर भ्रम फैलाउन खोजेकोप्रति समितिको ध्यानाकर्षण भएको जनाएका छन् । ‘निर्वाचानको सम्पूर्ण तयारी पुगिसकेको र नहुनुपर्ने कुनै…

Read More

अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए । उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई…

Read More

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत सबैलाई स्वास्थ्य बीमामा आवद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गर्ने पनि बताएका छन् । प्रतिज्ञापत्रमा लेखिएको छ ,‘सबैका लागि स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गरि स्वास्थ्य प्रणालीलाई…

Read More

धनगढीमा बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्मालोचनाको माग गरेको हो । महासंघका अनुसार २०८२ फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा सम्बोधनका क्रममा बालेनले निर्माण कार्यमा भइरहेको ढिलाइबारे टिप्पणी गर्दै ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि बाटो बन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । महासंघले जिम्मेवार व्यक्तिका यस्ता टिप्पणीले ३०…

Read More

गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन लगायतका क्षेत्रमा थप सहयोग…

Read More

काठमाडौं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेलको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञा पत्रमार्फत उनले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा इमान्दारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुशी टोखा सडक, विष्णुमति करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका…

Read More

बालेन शाहद्वारा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले आफू संघीय सांसद भएको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बताएका छन् । राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उनको प्रतिबद्धता छ । उनले स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रुपमा प्रस्तुत गर्ने, नेपाल सरकार र जेनजीबीच भएका…

Read More

निर्वाचन चहलपहल : सार्वजनिक गाडीहरुमा न्यून चाप, रिर्जभ गर्नेहरु बढे

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ । दशैँ–तिहारमा मात्र भरिने गाउँहरू अहिले चुनावी अभियान, भेटघाट र रणनीतिक दौडधुपका कारण फेरि जीवित देखिन थालेका छन् । निर्वाचनले नेपालको सामाजिक जीवनमा पनि एक विशेष प्रकारको चहलपहल देखिन थालेको छ । राजनीतिक दलका झण्डा, घरघरमा पुग्ने उम्मेदवार, गाउँमा फेरि सक्रिय हुने टोलभेला, चिया पसलमा बहस चुनावकै चलिरहेको छ । चुनावलाई राजनीतिक गतिविधी मात्र नभई सामाजिक पर्वजस्तै बनाइदिएको छ । मानिसहरु राजनीतिक…

Read More

धादिङमा भएको बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओली द्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । ‘पोखराबाट काठमाडौंतर्फ गईरहेको यात्रुवाहक बस धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा गएराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ,’ उनले लेखेका छन् । ‘दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले घाइते…

Read More

निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् । निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’ उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म…

Read More