विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र…
Read MoreCategory: राजनीति
नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गम्भीर चासोका साथ नियालिरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको हो । विज्ञप्तिअनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको र स्थानीय परिस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । एमालेले उक्त उम्मेदवारीलाई सबै प्रकारका षड्यन्त्र,…
Read Moreसामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछः इश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता इश्वर पोखरेलले सामाजिक सद्भावलाई कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरुसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए । उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि काम हुन्छ भने एमालेले सहन सक्दैँन् । त्यसको विपक्षमा आफूलाई उभाउने काम गर्छ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा हामी…
Read Moreसरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए । उनले रास्वपाबाट झापा–५ का उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलो कार्यक्रममा सिभिल प्रहरी परिचालन हुनुका साथै उनीहरू स्वयं भोट माग्ने परिवेश देखिएको उल्लेख गर्दै यसले सरकार निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न भएको संकेत दिएको बताए । बस्नेतले झापा–५ मा मनोनयन दर्ता…
Read Moreनयाँ सोच र खोज अभियानद्वारा राजधानीमा खबरदारी सभा
काठमाडौं । परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले बुधबार राजधानीमा खबरदारी सभा गरेको छ । अभियानले पुरानो सोच, नीति र नेतृत्वका कारण देश अपेक्षित विकासको बाटोमा जान नसकेको ठहर गर्दै अब चुनाव मात्र होइन, नयाँ सोच र नयाँ खोज आवश्यक भएको सन्देश दिएको छ । अभियानका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनबाट सत्ता फेरिए पनि शासन प्रणाली, सोच र नियत नफेरिँदा जनजीवनमा वास्तविक रूपान्तरण हुन सकेन । राजनीतिक परिवर्तन भएजस्तो देखिए पनि आर्थिक समृद्धि, विकास र रोजगारी सिर्जना नहुँदा नेपालीहरू कामको खोजीमा विदेशिन बाध्य भएको अभियानको भनाइ छ ।…
Read Moreप्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन्। मंगलबार श्री राष्ट्रिय सेवा दल मध्य तालिका शिक्षालयद्वारा आयोजित वार्षिक सामूहिक क्याम्प दीक्षान्त कवज कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय सेवा दलको तालिमले युवालाई जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण भूमिका खेलेको बताइन्। प्रधानमन्त्री कार्कीले क्याडेट छात्रछात्रालाई सम्बोधन गर्दै तालिमले आधारभूत सुरक्षा, सैनिक कला, समसामयिक विषयको ज्ञान, साथै नेपालको भूगोल, भाषा, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गरिन्। यसले नेतृत्व क्षमता, सामूहिकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने उनको भनाइ थियो । कार्यक्रममा प्रस्तुत गरिएको…
Read Moreबालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन्। उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्। भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए। स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका…
Read Moreराष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे । यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । साथै, जापानका…
Read Moreसमानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्। समानुपातिकतर्फ कूल ६३ वटा राजनीतिक दल सहभागी भएका छन् भने आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिक प्रणालीतर्फ कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्। निर्वाचन…
Read More‘सफल बैंकर’को इतिहास बोकेका भरतराज ढकाललाई स्याङ्जा १ परीक्षा
स्याङ्जा । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ । जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन् । बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता भेटिरहेका छन् । ‘दैनिक कार्यतालिका बनाएरै भेटघाटमा व्यस्त छु, फरक अनुभव पनि गरिरहेको छु ।…
Read More