मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका रामेश्वर राना मगरले २९१मत प्राप्त गरेका छन्। त्यसैगरी रुख चुनाव चिन्हकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६६२ मत प्राप्त गरेकी छन् । यस्तै, हलो चुनाव चिन्हका दिपक बहादुर सिंहले ३१२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये मादल चुनाव चिन्हका…
Read MoreCategory: राजनीति
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याउएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् । त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् । यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले…
Read Moreझापा–५ मा भारी मतले बालेन अगाडि
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।
Read Moreविराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको पक्षमा मत दिएको बताएका छन् । उनले भने, ‘जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनलाई अनुमोदन गरेको जस्तो मलाई लागेको छ । देशभर लहर चलेको छ । सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्न चाहन्छु । जुन विवेक प्रयोग गर्नुभएको छ, त्यसले राम्रो सन्देश दिएको छ ।’ श्रेष्ठले देशमा ‘निलो क्रान्ति’ को सुरुवात…
Read Moreसर्लाही–४ को पहिलो मतगणना अपडेट : रास्वपाका अमरेश कुमार सिंह अग्रस्थानमा
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा देखिएका छन् । हालसम्म गणना भएको मत अनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९४ मत प्राप्त गर्दा नेकपा तर्फका उम्मेदवार रजनीश राय यादवले १२ मत प्राप्त गरेका छन् ।
Read Moreचितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
काठमाडौं । चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।
Read Moreविजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् । विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं । मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो ।’ न्यौपानेले महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्ने बताइन् ।…
Read Moreकाठमाडौं क्षेत्र नं –७ मा रास्वपाका गणेश पराजुलीको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेका छन् । कुल मतमध्ये १८ हजार ९ सय १४ गणना हुँदा पराजुलीले ११ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, एमालेबाट प्रकाश श्रेष्ठले १ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वसन्तप्रसाद मानन्धरले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।
Read Moreझापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् । बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।
Read Moreगुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गरेका छन् ।
Read More