काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् । पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् । रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ । ‘८ नं वडाको मत गणना सुरु भएको छ । रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ । कांग्रेस तेस्रो स्थानमा एमाले चौथो…

Read More

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् । हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् । अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।

Read More

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ४ हजार ०८० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ७९१ मत प्राप्त गरेकी छन् ।

Read More

धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो

काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् । अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् । एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन् । नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।

Read More

ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम

काठमाडौं । ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् । मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार १७३ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले ३१० मत प्राप्त गरेका छन् ।

Read More

चितवन २ : रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो

काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् । १४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १५५७ मत ल्याएका छन् ।

Read More

काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् । निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो । निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भने, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव…

Read More

रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ । उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’ साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा…

Read More

काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, घण्टी अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना भइसकेको छ । गणना गरिएको मतमध्ये ६९५ मत बदर भएको जानकारी दिँदै उनले विभिन्न दल तथा चुनाव चिह्नअनुसार प्राप्त मत सार्वजनिक गरिन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले ६ हजार ५ सय ८४ मत प्राप्त गरेको छ । यस्तै बलिरहेको बिजुलीको चिम चुनाव चिह्नले ४ हजार २ सय २० मत ल्याएको छ । त्यसैगरी नेकपा (एमाले) ले १ हजार…

Read More

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् । उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए । रास्वपा ०७९ को असारमा गठन…

Read More