काठमाडौं । सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’ त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय…
Read MoreCategory: राजनीति
हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ : ओली
काठमाडौं । ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ शीर्षकको कृति बिहीबार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृतिसम्बन्धी धारणा राख्दै वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक विशेषतामाथि प्रकाश पारे । समारोहमा बोल्दै ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वको ध्यान वातावरण संरक्षणतर्फ आकर्षित गर्न सफल भएको उल्लेख गरे । उनले भने, ‘वातावरणको संरक्षणका लागि नै हामीले सगरमाथा संवाद गर्यौं । हामीसँग हिमाल छ, र यसको महत्व बुझ्नुपर्छ । वातावरणका लागि हिमालको संरक्षण असाधारण महत्वको छ ।’ ओलीले हिमाल, नदी, ताल–तलैया, वनजंगलजस्ता…
Read Moreसुदन गुरुङलगायतलाई प्रधानमन्त्रीले दुई करोड ६७ लाख खर्च गरेको आरोप
काठमाडौं । सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ । एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए । प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए । ‘जुन दिन जङ्गीअड्डाको…
Read More‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होईन थप जटिलता तर्फ लाने बताएका हुन् । उनले भने, ‘अहिले जुन विसम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ । त्यती ठूलो विद्रोह, विध्वंशपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बद्लामा एक थान प्रधानमन्त्री परिवर्तन…
Read Moreराज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् । बुधबार ७७ औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना दिँदै उनले नागरिकले समानतापूर्वक बाँच्न पाउनुका साथै सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा लेखेका छन्, ‘नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सहित सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा…
Read Moreचुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छ : रविन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले हाल घोषणा गरिएको चुनावले राजनीतिलाई सहि बाटो ल्याउन सक्छ भन्नेमा शंका व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहेको अवस्थामा उनीहरुले चुनावले सोचेजस्तो राजनीति सहि बाटोमा ल्याउन नसक्ने कुरा बुझ्न जरुरी रहेको पनि बताएका हुन् । उनले भने, ‘के जेनजी आन्दोलन ८४ सालको चुनाव ८२ सालमा सार्नको लागि भएको थियो ? के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरु थप्नको…
Read Moreजेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए । उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न…
Read Moreमधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए । मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको बताए । उनले…
Read Moreअपांगता भएका व्यक्तिहरूलाई समान पहुँच स्थापति गर्न जरुरी : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको प्रष्ट पारेका छन् । ‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण…
Read Moreहेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति
मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् । प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् । तर नेपालमा भने…
Read More