काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।
Read MoreCategory: राजनीति
६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए । निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको…
Read Moreनयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने…
Read Moreजेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘भदौ २४ पछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो गरेर पनि प्रस्तुत गरिने पाइएको छ । त्यस्तो होईन्, पुराना–नयाँ खराब सबैलाई छुट्टाउन सक्नुपर्छ । अध्ययन र समाज बुझ्ने क्रममा त्यो ज्ञान हामीले ग्रहण गर्न सकेनौ भने अहिलेको जेनजीहरु पनि धेरै राम्रो नेता बन्न सक्दैँनन् भन्ने मेरो…
Read Moreयस्ता छन्, मन्त्रिपरिषद्का पछिल्ला १४ निर्णय
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि-२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्टिूय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्टूक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए । साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार…
Read Moreएमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास
काठमाडौं । नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो । मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् । ‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्टिूय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्लेख छ । पोखरेलले पार्टी अध्यक्ष…
Read More’जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता
काठमाडौँ । ’जय मातृभूमी पार्टी’ले आधिकारिकता पाएको छ । राष्टिूय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरुको राष्टिूय सुरक्षा जागरण महाअभियान सहित एकिकरणगरी बनेको ’जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाण पत्र प्रदान गरेको हो । मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे । प्रमाण पत्र ग्रहण पछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए । उनले भने, ’हामी पूर्व सुरक्षाकर्मी, राष्टूसेवक कर्मचारी आबद्ध भएका छौँ । देशभर ८ लाख भन्दा बढी छौँ । जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ…
Read Moreबाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ । कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।
Read Moreघलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
काठमाडौं । नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् । हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका-३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् । त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका-५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
Read Moreआज विधान व्यवस्थापन समितीको बैठक बस्दै
काठमाडौंँ। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष९सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।
Read More