काठमाडौं, ३ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे । राष्ट्रपति पौडेलले भने, ‘यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता…
Read MoreCategory: राजनीति
पेरिसडाडावाट प्रचण्डले भने, `घोषित मितिमा नै निर्वाचन हुनु पर्छ´
संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कायालय पेरिसडाँडामा राखेको धारणा ११ औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरू प्रति पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आजको यस ऐतिहासिक दिनमा विशेष गरी जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएका साथीहरूलाई म स्मरण गर्न चाहन्छु। शहीदहरू प्रति हामीले हिजो पनि श्रद्धाञ्जली व्यक्त गरेका थियौं र आज पनि गरिरहेका…
Read Moreसंसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड
काठमाडौं, ३ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् । `संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,´ प्रचण्डले भने । उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संबाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।
Read Moreओलीले भने, `संविधान बचाउ, सार्बभौमसत्ताको रक्षा गरौं´
काठमाडौं, ३ असोज । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले साे आब्हान गरेका हुन् । जेन जी आन्दोलनवाट बाध्य भएर राजिनामा दिएका ओलीले पहिलो पटक अौपचारिक बक्तब्य जारी गरेका हुन् । उनी हिजो मात्रै सैन्य सुरक्षा घेरावाट बाहिर निस्केर गुन्डु, भक्तपुरस्थित नयाँ निवासमा सरेका हुन्। जेएनजी आन्दोलनको क्रममा उनको दुबै घर पुर्ण रूपमा ध्वसत गरिएको थियो। उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस। नेपाली जनताले ७०…
Read Moreदेउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिने बताएका छन्। जेएनजी आन्दोलनवाट बिस्थापित भए पछि पहिलो पटक संविधान दिवसको अवसरमा बक्तब्य दिदैँ देउवाले संबिधानवा नै निकास निस्कन सकिने जनाएका हुन्। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने उनको विश्वास छ । उनले संविधान दिवसको शुभकामना दिदैँ भनेका…
Read Moreबिष्णु पौडेलले माफी माग्दै भने, `एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ´
काठमाडौं, ३ असोज ।नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु ।´ उनले संविधान दिवसको शुभकामना दिदैँ लेखेका छन्: -जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक…
Read Moreभदौं २३ र २४ को आन्दोलन एउटै कोणवाट हेर्नु हुन्न: प्रचण्ड
काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौै २३ को आन्दोलन वास्तविक जेनजीको भएको बताएका छन्। भदौै २३ र २४ गतेको आन्दोलनलाई फरक फरक तरिकाले बुझ्नु पर्ने भन्दै उनले अब देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता खोजेको बताएका छन् । १० अौै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् । उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा…
Read Moreराष्ट्रपतिले भने, `संबिधानले बृहत् एकताको सुत्रमा आबद्व गरेको छ
काठमाडौं, ३ असोज ।संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्। उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने…
Read Moreटुडिखेलमा संबिधान दिबस मनाईदै, प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ, ३ असोज ।संविधान दिवसको अवसरमा विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशब्यापी रूपमा मनाइँदैछ । मुख्य गरि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुदैँछ। जहाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विशेष सम्बोधन गर्दैछिन् । उता, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले पनि संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछन् ।
Read Moreप्रतिनिधिसभा बिघटनबिरूद्व निवेदन पेश, दर्ता हुन बाँकी
काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ। अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्। केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान बमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्न सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिबाट विघटन…
Read More