राष्ट्रियसभा अध्यक्षले गरे सचिव र समिति सभापतिसँग छलफल

काठमाडौं, ३ असोज ।बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए । छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए।

Read More

काठमाडौंका एसएसपी विश्व अधिकारी तानिए, रमेश थापालाई पठाइयो

काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ। जेन-जी आन्दोलनका क्रममा  दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको बताएको छ। जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थियो। जे-नजी आन्दोलनको छानबिनका लागि सरकारले न्यायिक जाँचबुझ आयोग गठन…

Read More

सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?

“सेनाले सिंहदरबार जोगाइदिएको भए हुन्थ्यो, सिंहदरबार जल्दा सारा नेपालीको जीवन पद्धती नै जल्यो, किन सेनाले जोगाएन प्रश्न उठेको छ,” पूर्वउपरथी अन्नत कार्की भन्छन्।  काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्। जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ। २०८२  भदौ  २३ गते जेन-जी आन्दोलन सुरू भएकै दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो। यो मृत्युपछि जनाक्रोश बढ्दा २४ भदौमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संघीय संसद, सर्वोच्च अदालत,…

Read More

आजपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, २ असोज । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकशित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो ।   आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार गर्न नसकिने उनले बताए ।   संघीय सरकारमात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको…

Read More

बागमती प्रदेशका सभामुखले दिए राजिनामा

हेटौंडा, १ असोज । रापप्रावाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजिनामा गरेका हुन्। उनले जेएनजी आन्दोलन चर्किदै जाँदा गत २४ भदौंमा राजिनामा दिने जनाएका थिए। ‘गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४…

Read More

जेएनजीको बलिदानको सम्मान गरौं: एमाले महासचिव

काठमाडौं, १ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए ।  ‘नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ’, उनले लेखेका छन् । फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।  उनले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै…

Read More

बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’

हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लामा बिरूद्द कांग्रेस…

Read More

तुर्केमिस्तान प्रस्थान गर्नु अघि मन्त्रीपरिषद बैठक सुरू

काठमाडौं, १८ साउन । मन्त्री परिषदकाे बैठक सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्नु अघि मन्त्री परिषद बैठक सुरू भएकाे हाे । उनी राती ११ः०० बजे तुर्केमिस्तान प्रस्थान गर्दैछन् । तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेक…

Read More

रिटर्नीहरुको अगुवाईमा नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न

काठमाडौं १७, साउन । रिटर्नी फेडेरेसन नेपालद्धारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ । सो कार्यशालामा २५ अर्बको लक्ष्य सहित रिटर्नीहरको पहलमा स्थापना भएको पब्लिक कम्पनीको व्यवसायीक तथा वित्तिय योजना तय गर्न विभिन्न चरणमा छलफल  गरिएको हो । कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका महासचिव शंकर पोखरेलले जोखिम मोल्ने क्षमता बनाएर मात्र व्यवसायमा लाग्दा सफल भईने बताए । म बनाउँछु मेरो देश भन्ने भाबना नागरिकमा जागृत हुनुपर्ने भन्दै अधिकार खोज्ने तर कर्तब्य निर्बाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको भन्दै पोखरेलले देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र…

Read More

एमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न

काठमाडौं, १८ साउन । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा सो बैठक बसेको हो । बैठकले महाधिवेशन तयारीको अहिलेसम्मको कामको समिक्षा गर्दै तीब्रताका साथ तयारीका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

Read More