प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रीपरिषदकाे निर्णयहरू)

काठमाडौं, १५ साउन । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।   बैठकले न्याय सेवा…

Read More

राष्ट्रियसभा बैठक बस्दैँ, चलचित्र बिधेयक समितिमा पठाइने

काठमाडौं, १४ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर सुनाइनेछ । बिकास, आर्थिक मामिला तथा सुशाषन समितिको सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रवाट विकासशिल राष्ट्रमा स्तोरन्नती सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।   सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा…

Read More

संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ

काठमाडौं, १४ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।   जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ  । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

Read More

माओवादीले नेतृत्व गरेका पालिकाहरू सबैकुरामा अब्बल देखिएका छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन् ।   माओवादी केन्द्र, समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।   अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए । “नेपाली…

Read More

बाग्मतीका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो

हेटौंडा, १३ साउन । बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।   आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ ।   संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ ।   अब नयाँ नेता चयन गर्नका लागि बुधवार…

Read More

समाजवादी मोर्चाको बैठक सुरू

काठमाडौं, १३ साउन । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक सुरू भएको हो।   बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।

Read More

पुर्व सचिव पन्तलाई ५ लाख धरौटीमा छाडन बिशेष अदालतको आदेश

काठमाडौं, १३ साउन । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा…

Read More

मैले अरु न्यायाधीशलाई निर्देशित गर्न मिल्दैन : प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधानन्यायाधीश राउतले इजलासमा सँगै बसेका न्यायाधीशको राय स्वीकार गर्नुपर्ने बताए ।

Read More

फोन पेमा रोजगारीको अवसर

फोनपे पेमेन्टस् सर्भिसमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले प्रोडक्ट ग्रोथ एक्जुकेटिभ पदमा एक जना कर्मचारी माग गरेको हो। इच्छुकले स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित कामको तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

Read More