सञ्जय मिश्रा रौतहट २३ भदौ। रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ । स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आईतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७…
Read MoreCategory: मधेश
रौतहटमा ठक्कर दिएर भागेका चालक पथलैयामा पक्राउ, दुर्घटनामा भएकाे थियाे पूर्व असईको मृत्यु
बारा, १८ साउन । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र बहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेको ईलाका प्रहरी कार्यालय रौतहट बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले न्युज कारखाना लाई बताएका छन्। चालक सहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बिजयपुरमा ल्याईएको…
Read Moreनागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग
रौतहट, १८ साउन । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्। उनले २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिँदै नगरपालिकाबाट विद्यालयहरूमा छात्रवृत्ति, खाजा, विज्ञान प्रयोगशाला जस्ता शीर्षकहरूमा कति रकम खर्च भएको, कुन विद्यालयमा कति रकम विनियोजन गरिएको हो भन्ने विवरण माग गरेका छन्। साथै, विद्यालयहरूमा हाल कति बालबालिका छन्, राहत तथा अनुदान…
Read Moreपत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी
सञ्जय मिश्रा रौतहट १८ साउन। समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्। मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए। आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती महमद सेराजले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि बरिष्ठ पत्रकार तथा न्युज कारखाना, रातोपाटी,जनकपुर टुडे रौतहट सम्बादाता तथा कटहरिया एफएमका प्रमुख सञ्जय मिश्रा लाई फोन गरेर थर्काएका थिए। रौतहटका पत्रकारको मूल्य ५ हजार तोक्दै…
Read Moreखडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता
रौतहट, १८ साउन। अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ। नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य तीव्र गतिमा सञ्चालन भएको छ। हालसम्म मौलापुर नगरपालिकाले खडेरीको प्रतिकूल अवस्थामा समेत नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखाना लाई बताएका छन्। अधिकृत साहका अनुसार मौलापुर ३ पतौरा , वडा ४, पथरा बुधराम , ननकार पथरा वडा १, चिरचिरिया लगायतका…
Read Moreराहात प्याकेज बिना सुख्खाग्रस्त क्षेत्रले थप पीडित बनायो: प्रभु साह
कलैया, १८ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् । ‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा…
Read Moreआजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…
Read Moreबागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत
रौतहट, १५ साउन । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस क्षेत्रका सयौं किसानहरू धान खेतीलगायत बाली सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका थिए। सिँचाइ समस्याका कारण कृषिमा आश्रित अधिकांश किसानहरू उत्पादनमा ह्रास आएको र धेरै जमिन बाँझै राख्नु परेको गुनासो गरिरहेका थिए। यसले गर्दा खाद्यान्न आपूर्तिमा समेत समस्या देखिन थालेको थियो। यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय पहलमा अब यो समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति…
Read Moreडिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
सञ्जय मिश्रा रौतहट १३ साउन। हालका दिनमा लागूऔषधको ‘ट्रान्जिट’ मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ। डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ। सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध…
Read Moreरौतहटमा सिँचाइ संकटबीच कृषि ज्ञान केन्द्रका प्रमुखमाथि विभेदको आरोप
सञ्जय मिश्रा रौतहट, १३ साउन । रौतहटका किसानहरू अहिले चरम सुख्खाको मारमा परेका छन् । आकाशबाट पानी नपरेको महिनौं भइसक्दा पनि राज्यको सहयोग पुग्न सकेको छैन । इनार र बोरिङ सुक्दै गएका छन्, खेतमा धान बोट ओइलाउँदै छ, गाईवस्तुका लागि पानी छैन, र मान्छेहरू एक गाग्री पानीका लागि घण्टौं लाइन बस्न बाध्य छन् । यस्तो संकटपूर्ण अवस्थामा पनि सरकारी संयन्त्रहरू निष्क्रिय जस्तै देखिएका छन् । यही सन्दर्भमा, कृषि ज्ञान केन्द्र, रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मी विवादमा तानिएका छन् । उनले हालै सार्वजनिक गरिएको ‘स्यालो ट्युबेल तथा मोटर बोरिङ वितरण कार्यक्रम’ को…
Read More