सिरहा ३ जेठ । सिरहाको पूर्वी(दक्षिणी भारतीय सीमा क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति स १ ख ५३५ नम्बरको ट्रकसहित ओखर, क्लोजअप टुथपेस्ट, फेरेनलब्ली लगायतका सामान बरामद गरेको हो। प्रहरीले ट्रकको मूल्य करिब २० लाख रुपैयाँ र ट्रकमा रहेको सामानको मूल्य पनि करिब २० लाख रुपैयाँ बराबर रहेको जनाएको छ। प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा सामान तस्करी गर्न लागेको आशंकामा ट्रक नियन्त्रणमा…
Read MoreCategory: मधेश
सिरहाका ९५ वडामा एकैसाथ रास्वपाको वडा अधिवेशन
सिरहा ३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सिरहाका ९५ वटा वडामा एकै समयमा वडा अधिवेशन सञ्चालन गरेको छ। बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन जिल्लाभरका विभिन्न नगरपालिका तथा गाउँपालिकामा जारी रहेको जनाइएको हो। सिरहामा १७ वटा नगरपालिका तथा गाउँपालिका अन्तर्गत कुल १ सय ६४ वटा वडा रहेका छन्। तीमध्ये आज ९५ वटा वडामा अधिवेशन भइरहेको र बाँकी वडाको अधिवेशन पनि छिट्टै सम्पन्न गरिने रास्वपाले जनाएको छ। रास्वपाका गोलबजार नगर सभापति धनेश्वर यादवका अनुसार केन्द्रिय सर्कुलर अनुसार नै जिल्लाभर वडा अधिवेशन सञ्चालन गरिएको हो। उनले भने, झआज एकै समयमा…
Read Moreइन्स्पेक्टर भरत केसी बने बैशाख महिनाको उत्कृष्ट प्रहरी
रौतहट, ३ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसी लाई बैशाख महिनाको उत्कृष्ट ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार एक कार्यक्रमको आयोजना गरी एसपी सिताराम रिजालले इन्स्पेक्टर केसीलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेका छन्। इन्स्पेक्टर केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई २०८३ साल बैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो । उनले ट्राफिकसहितको संयुक्त चेकजाँच अभियान सञ्चालन गर्दै हेल्मेट नलगाई सवारी चलाउने, चालक अनुमति…
Read Moreरौतहटमा बोक्सीको आरोप लगाउने र बैंकिङ्ग कसुरका दुई फरार प्रतिवादी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् । स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘मेरो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए । उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई…
Read Moreबौधिमाईका मेयरमाथी शिक्षकलाई ‘थुनेर कुटपिट’ गरेको आरोप
रौतहट २ जेठ । रौतहटको दक्षिणी भेग भारतीय सिमाना सँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव माथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ। एक शिक्षकले आफूलाई नगरपालिकाभित्रै घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको दाबी गरेका छन्। शंकर गुदर माबी सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवले शुक्रवार छलफलको बहानामा उनलाई कार्यालयमा बोलाएका थिए। त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन्। शिक्षक यादवका अनुसार दिउँसो करिब २ः३० बजेदेखि राति ९…
Read Moreमिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
सर्लाही । मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिनिन्छ । हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाहरू निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजा अर्चना गर्ने गरिन्छ । पान, सुपारी, केरा, फलफूल, धुप, अगरबत्तीलगायतका सामग्री चढाएर महिलाहरूले वरको रुखमा रातो र पहेँलो धागो बेरी पूजा गर्ने गरिन्छ । बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई…
Read Moreयातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्ष अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्ष करिब चिन्टु कुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्ष राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा…
Read Moreवीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार…
Read Moreसर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गौडेता नगरपालिका – ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका…
Read Moreजग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा
सिरहा । औरही नगरपालिका–३ मा सडक विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । स्थानीय वीरेन्द्र साहलाई रूखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो । घटनामा वडाध्यक्ष जीवछ यादवमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन । सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेपछि विवाद चर्किएको बताइएको छ । वीरेन्द्र साहले आफ्नो मात्रै जग्गा लक्षित गरेर सडक बनाइएको भन्दै…
Read More