रौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता

रौतहट, असोज २ । रौतहट स्थित पालिकाहरुमा बढ्दो भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न स्थानीय प्रशासनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोद सिडियो कुमार खड्काको अध्यक्षतामा  जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको समन्वय बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो। बैठकले “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार बिरुद्ध हाम्रो कटिबद्धता” अभियानलाई प्रभावकारी बनाउन विभिन्न ठोस कदम चाल्ने सहमति जनाएको छ । निर्णयअनुसार अबदेखि कार्यालय बाहिर वा जिल्लाबाहिर काम गर्ने क्रममा सरकारी इन्धन,…

Read More

साहसी ईनेस्पेक्टर, जसले जोगाए प्रहरी चौंकी

सञ्जय मिश्रा रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए।   रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो।   उनी हुन्— नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादव, जो इलाका प्रहरी कार्यालय (ईप्रका) बिजयपुरमा कार्यरत छन्। यादवको सुझबुझ, सौहार्दपूर्ण तरिकाले आन्दोलनकारीसँग संवाद गर्ने क्षमता र अन्तिम क्षणसम्म पनि नहारेको दृढताले बिजयपुर प्रहरी कार्यालयलाई जोगाउन सम्भव भएको हो।…

Read More

नुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश

सञ्जय मिश्र, रौतहट २२ भदौ ।हिन्दूहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेश प्रदेश देखी सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्य देखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन्। नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्यतिमात्र नभई मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरुले जल…

Read More

ठाकुुराम क्याम्पसमा नक्कली परिक्षार्थी प्रकरण, कांग्रेस सभापति पुत्र पक्राउ

सञ्जय मिश्रा पर्सा,२२ भदौ देशकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षामा धाँधली भएको घटना सार्वजनिक भएको छ। स्नातकोत्तर (एम.ए) दोस्रो वर्षको राजनीतिक शास्त्र विषयको मौका परीक्षामा नेपाली कांग्रेस पर्सा क्षेत्र  २ का क्षेत्रीय सभापति मोहम्मद शाहबुद्दीन अन्सारीको नाममा उनका छोरा मोहम्मद अफताब अन्सारी परीक्षामा सहभागी हुँदा पक्राउ परेका हुन्। घटना कसरी भयो? परीक्षामा आफैं उपस्थित हुनुपर्ने व्यक्तिको सट्टा अर्कै व्यक्ति देखिएपछि परीक्षापाल समितिले तत्काल प्रहरीलाई खबर गर्‍यो। क्याम्पस प्रमुख मोहन प्रसाद यादवले यसबारे जानकारी दिँदै भने, “म नयाँ क्याम्पस प्रमुख भएकाले सबै परीक्षार्थीको प्रोफाइलबारे अपडेटमा छैन,…

Read More

बारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

इन्दीप कोइराला बारा, २२ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी…

Read More

बोक्सीको आरोपमा टाउको मुण्डन गरी मानव मलमुत्र ख्वाईयो

सञ्जय मिश्रा रौतहट २३ भदौ। रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ । स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आईतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७…

Read More

रौतहटमा ठक्कर दिएर भागेका चालक पथलैयामा पक्राउ, दुर्घटनामा भएकाे थियाे पूर्व असईको मृत्यु

बारा,  १८ साउन । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र  फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक  मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र बहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेको ईलाका प्रहरी कार्यालय रौतहट बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले न्युज कारखाना लाई बताएका छन्। चालक सहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बिजयपुरमा ल्याईएको…

Read More

नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

रौतहट, १८ साउन । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्। उनले २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिँदै नगरपालिकाबाट विद्यालयहरूमा छात्रवृत्ति, खाजा, विज्ञान प्रयोगशाला जस्ता शीर्षकहरूमा कति रकम खर्च भएको, कुन विद्यालयमा कति रकम विनियोजन गरिएको हो भन्ने विवरण माग गरेका छन्। साथै, विद्यालयहरूमा हाल कति बालबालिका छन्, राहत तथा अनुदान…

Read More

पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी

सञ्जय मिश्रा रौतहट १८ साउन। समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्।   मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए।   आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती महमद सेराजले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि बरिष्ठ पत्रकार तथा न्युज कारखाना, रातोपाटी,जनकपुर टुडे रौतहट सम्बादाता तथा कटहरिया एफएमका प्रमुख सञ्जय मिश्रा लाई फोन गरेर थर्काएका थिए।   रौतहटका पत्रकारको मूल्य ५ हजार तोक्दै…

Read More

खडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता

रौतहट, १८ साउन। अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ।   नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य तीव्र गतिमा सञ्चालन भएको छ। हालसम्म मौलापुर नगरपालिकाले खडेरीको प्रतिकूल अवस्थामा समेत नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखाना लाई बताएका छन्। अधिकृत साहका अनुसार मौलापुर ३ पतौरा ,  वडा  ४, पथरा बुधराम , ननकार पथरा वडा  १, चिरचिरिया  लगायतका…

Read More