कलैया, १८ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् । ‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा…
Read MoreCategory: मधेश
आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…
Read Moreबागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत
रौतहट, १५ साउन । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस क्षेत्रका सयौं किसानहरू धान खेतीलगायत बाली सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका थिए। सिँचाइ समस्याका कारण कृषिमा आश्रित अधिकांश किसानहरू उत्पादनमा ह्रास आएको र धेरै जमिन बाँझै राख्नु परेको गुनासो गरिरहेका थिए। यसले गर्दा खाद्यान्न आपूर्तिमा समेत समस्या देखिन थालेको थियो। यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय पहलमा अब यो समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति…
Read Moreडिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
सञ्जय मिश्रा रौतहट १३ साउन। हालका दिनमा लागूऔषधको ‘ट्रान्जिट’ मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ। डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ। सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध…
Read Moreरौतहटमा सिँचाइ संकटबीच कृषि ज्ञान केन्द्रका प्रमुखमाथि विभेदको आरोप
सञ्जय मिश्रा रौतहट, १३ साउन । रौतहटका किसानहरू अहिले चरम सुख्खाको मारमा परेका छन् । आकाशबाट पानी नपरेको महिनौं भइसक्दा पनि राज्यको सहयोग पुग्न सकेको छैन । इनार र बोरिङ सुक्दै गएका छन्, खेतमा धान बोट ओइलाउँदै छ, गाईवस्तुका लागि पानी छैन, र मान्छेहरू एक गाग्री पानीका लागि घण्टौं लाइन बस्न बाध्य छन् । यस्तो संकटपूर्ण अवस्थामा पनि सरकारी संयन्त्रहरू निष्क्रिय जस्तै देखिएका छन् । यही सन्दर्भमा, कृषि ज्ञान केन्द्र, रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मी विवादमा तानिएका छन् । उनले हालै सार्वजनिक गरिएको ‘स्यालो ट्युबेल तथा मोटर बोरिङ वितरण कार्यक्रम’ को…
Read More