जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारामा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार सृजना गर्ने उद्देश्यका साथ यस वर्षको नीति तथा कार्यक्रममा बुंदाहरु उल्लेख गरिएको छ । नत-तथ-करयकरम-२०८३-८४-शसधन-१५_smallpdf_73654eb7
Read MoreCategory: मधेश
चर्को घाममा शीतलताको छहारी : रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम
रौतहट । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो । नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट…
Read Moreव्यवस्थापन बिना हटाउन खोजिएको भन्दै लहानमा मुसहर सुकुम्बासीको प्रदर्शन
लहान । सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने, अन्यथा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले “व्यवस्था बिना हटाउने निर्णय अन्यायपूर्ण हुने” बताएका छन् । प्रदर्शनमा सहभागी महिलाहरूले सरकारको कदमले आफूहरू डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् । एक महिलाले भनिन्, “हामीलाई स्पष्ट सूचना…
Read Moreचन्द्रपुर अस्पतालमा पहिलो पटक नवजात शिशुको फोक्सोको जटिल उपचार सफल
रौतहट । रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ । जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो । अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न…
Read Moreरौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रौतहट । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक बारागढी गाउँपालिका–३ मुर्कीपालियाका २२ वर्षीय मुकेश मुखियाको उपचारका क्रममा मृत्यु भएको छ । अनुहार र टाउकोमा गम्भीर चोट लागेका मुखियालाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला…
Read Moreकलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका बारा कलैया उपमहानगरपालिका वडा नं. ०६ बस्ने खुस्बु भन्ने अफजल मियाँलाई बिनासर्त छाड्न माग गर्दै एक समूह जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा पुगेको थियो। उक्त समूहले सडक अवरोध गरी सवारी साधन चल्न नदिने, हो–हल्ला गर्ने र अशान्ति मच्चाउने कार्य गरेपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाई गर्न खोजेको थियो। सम्झाउने क्रममा उल्टै आवेशमा आई प्रहरी टोलीमाथि नै गालीगलौज, अभद्र व्यवहार तथा सडकमा नग्नता प्रदर्शन…
Read Moreधनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ । आईतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धनुषाधामस्थित समिक्षा हेल्थ केयर प्रा.लिमा खानतलासी गरेको थियो । सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र…
Read Moreशिक्षक माथीको `दुर्ब्यबहार´ पछि बौदीमाईका मेयर बिबादमा, कारबाहीको माग
रौतहट, ४ जेठ । रौतहटको बौधीमाई नगरपालिका–८ स्थित श्री शंकर माध्यमिक विद्यालय सरमुजवा ले आफ्ना एक शिक्षक माथि मेयरबाट दुव्र्यवहार तथा हातपात भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही गर्न माग गरेको छ । विद्यालयले सोमवार लेटरप्याडमार्फत जारी गरेको विज्ञप्तिमा प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक रामबाबु यादवमाथि नगरपालिकामा गालीगलौज, दुव्र्यवहार तथा हातपात भएको घटना अत्यन्त दुःखद र निन्दनीय रहेको उल्लेख गरेको हो । विद्यालयका प्रधानाध्यापक संजय जयसवालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार शिक्षक यादवले गत वैशाख ३० गते नै घटनाबारे विद्यालय प्रशासनलाई मौखिक जानकारी गराएका थिए । घटनापछि विद्यालयका शिक्षक–कर्मचारी,…
Read Moreरौतहट प्रहरीको ‘एक्सन मोड’ : १ महिनामै ४६ लाखभन्दा बढी राजश्व संकलन, ५७ फरार प्रतिवादी पक्राउ
रौतहट, ४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीको सक्रियताले बैशाख महिनाभर जिल्लाभर सुरक्षा निगरानी थप कडा बनेको देखिएको छ। प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत बैशाख १ गतेदेखि ३१ गतेसम्म भन्सार छलि अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सदरमुकाम गौरसहित विभिन्न नाकाबाट तस्करी गरी ल्याइएका सामान नियन्त्रणमा लिनुका साथै तस्करीमा प्रयोग भएका १३ वटा…
Read Moreबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।
Read More