रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक…
Read MoreCategory: प्रदेश
एउटै मञ्चबाट गृहमन्त्री र मुख्यमन्त्रीको फरक फरक अभिव्यक्ति
सुर्खेत । गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि । मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनि प्रश्न गरे । कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख काम निर्वाचन सफलतापूर्वक…
Read Moreमधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण
जनकपुर । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा…
Read Moreमुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो । करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौचालय…
Read Moreसिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो । धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ ।…
Read More२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
रौतहट । पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको…
Read Moreराम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन
रौतहट । मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् । सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् । सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेकपा एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए । मत विभाजन प्रक्रिया अपनाइएकोमा राम अशिष यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित रहेका थिए । यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा…
Read Moreजनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाएका छन् । उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् । साथै उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग…
Read Moreमधेस प्रदेशको रिक्त सभामुख पदका लागि जसपाका राम असिस यादवको उम्मेद्वारी
जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदको लागि जसपाका प्रमुख सचेतक राम अशिष यादवले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा सात राजनीतिक दलबीच भएको सहमति अनुसार जसपाका यादवलाई सभामुखको लागि अगाडि बढाइएको हो । यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक का रूपमा रहेका छन् ।
Read Moreमधेस प्रदेशको सभामुख पदमा नेकपा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी
जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् । यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ । भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ ।
Read More