रौतहट । रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए । उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शितलहर सहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको उनले…
Read MoreCategory: प्रदेश
राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन
हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट प्रविन (प्रबिन) राजलामा अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्ष : दिलिप देवकोटा ८८, उपाध्यक्ष (महिला) : सुस्मिता राई, सचिव : मनोज देवकोटा,कोषाध्यक्ष (महिला) : सम्झना भण्डारी,सह–सचिव : जनार्दन ढकाल रहेका छन् । यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा वीरमान वाइबा, उमाशंकर थिङ, बाबुराम थापामगर, मोहन बि.क., सञ्जय (प.) लामा र सरोज ४० श्रेणी चयन भएका छन् । अधिवेशन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र…
Read Moreधनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सोमबार उक्त उद्योगको उद्घाटन गरेका छन् । उद्योगको मेसिनरी पार्टसमा मात्रै ३ करोड लगानि गरिएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिए । उनले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँईसँग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुने बताए । उनले यस…
Read Moreसर्लाहीमा गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ किलो ८००…
Read Moreबाबा बैजुनाथ चिनी मिलले २० लाख क्विन्टल उखु क्रसिङ गर्ने
रौतहट । रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) ले यस बर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको यो मिलले यस वर्ष १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको हो । दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएकाले लक्ष्य अनुसार उखु क्रसिङ हुने मिल संचालक बैजु प्रसाद बाबराले बताए । उनका अनुसार डोंगाको पूजा गरिसकेकाले अबको एक हप्तापछि मिलबाट उखु क्रसिङ हुनेछ…
Read Moreसर्लाहीको उखु खेतीमा भीषण आगलागी
सर्लाही । सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो। आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो। स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो। आगलागीबाट भएको क्षतिको विवरण…
Read Moreमधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् । सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् । विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव,…
Read Moreरिक्त दरबन्दीको माग फाराम नपठाउँदा पदपूर्ति रोकियो : मधेश प्रदेश लोक सेवा आयोग अध्यक्ष यादव
जनकपुर । मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले सरकारी निकाय र मन्त्रायलहरुले रिक्त दरबन्दिको माग फारम पठाउने नगरेको गुनासो गरेका छन् । सोमबार आयोगको जनकपुरधामस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले मधेश प्रदेश सरकारको निहितमा रहेका सरकारी निकाय, संघसंस्था, स्वास्थ्य विभाग, मन्त्रालयहरुले रिक्त रहेका दरबन्दिको पदपूर्तीका लागि आयोगमा माग फारम नै नपठाउने गरेको जानकारी दिएका छन् । उनले केही दिन अघि स्वास्थ्यकर्मीहरुको एक समूहले आयोगको कार्यालय अगाडि आएर प्रदेश लोक सेवा आयोग मुर्दावादको नारा लगाएको बताए । उनले सो समूहलाई कार्यालयमै बोलाएर किन नारा लगाएको भनेर प्रश्न गर्दा…
Read Moreनेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा हस्ताक्षर पछि कुरा गर्दै पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले बोर्डले निजी क्षेत्रसँग काम गर्ने तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्ने भएकाले कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयसँग थप सहकार्य अघि बढाउने बताए । उनले सम्झौताको विषयसँगै सहकार्यका अनेक पाटामा सँगसँगै हिँड्ने बताए…
Read More२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
जनकपुर । २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ । महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको…
Read More