जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

मगु । हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ । मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने…

Read More

सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

सिन्धुली । सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो । मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो । पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई…

Read More

हेटौंडामा इन्टरनेट केवल जथाभावी विच्छ्याउँदा दुर्घटनाको जोखिम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा इन्टरनेटको लापरवाहीपूर्ण गतिविधिले सडक सुरक्षा गम्भीर जोखिममा परेको छ । फाइबर अप्टिकल केबल मनपरी रूपमा सडकमै बिछ्याइएका कारण सवारीसाधनहरुले यात्रा गर्ने क्रममा केबल तानेर अगाडि बढ्दा दुर्घटना हुने खतरा बढेको स्थानीयको भनाइ छ । स्थानीय राजकुमार सापकोटाका अनुसार सडकको छेउछाउ वा खम्बामा व्यवस्थित रूपमा झुण्ड्याउनुपर्ने इन्टरनेटको फाइबर केबल धेरै ठाउँमा ग्राउन्डमै फालिएको देखिन्छ । यो अवस्था लामो समयदेखि निरन्तर रहे पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ । सवारी चालकले विशेषतः बिहान–साँझ कम दृश्यता हुने समयमा सडकको बीचमा देखिने यस्तो ढिलो केबल नदेख्ने…

Read More

लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न

मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे । अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागि भए । बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो। असोज २३ गतेदेखि हराएकी अंशुको शब…

Read More

हेटौँडा बजार सडक विस्तारः व्यवसायी र घरधनीको विरोध, न्यायपूर्ण मुआब्जाको माग

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना पछिल्लो दिनहरूमा विवादको केन्द्रविन्दु बनेको छ । नगरपालिकाले हालै १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी, घरधनी र बासिन्दा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै छन्। उनीहरूले विकासका नाममा घर–जग्गा उचित मुआब्जा बिना अधिग्रहण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले पारदर्शी प्रक्रिया, वैकल्पिक बसोबास र न्यायपूर्ण मुआब्जा सुनिश्चित नगरी कुनै पनि संरचना भत्काउन नदिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले दशकौंदेखि सञ्चालन हुँदै आएका व्यवसायलाई सुरक्षा दिनुपर्ने, नागरिकको अधिकारलाई संरक्षण गर्नुपर्ने माग राखेका…

Read More

विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको…

Read More

कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याए । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सुधार गर्दै प्राथमिकताका आधारमा…

Read More

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडा । हेटौंडा उप–महानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ः३० बजे पशुपतिनगरतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घटना भएको हो । दुर्घटनामा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रा बस्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयले तत्कालै उद्धार गरी सोही दिन साँझ ६ः४२ बजे उपचारका लागि हेटौंडा अस्पताल पु¥याए पनि उपचारकै क्रममा ६ः५० बजे मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। दुर्घटना…

Read More

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए । नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख…

Read More

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध  गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका…

Read More