सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक अग्रता हासिल गरेको छ । सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. शम्भू यादव ४४४ मतले अगाडि रहेका छन् । अर्नमा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा डा. शम्भू यादवले १ हजार २७७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाल कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका लीलानाथ श्रेष्ठले ७७८ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका अशेश्वर…
Read MoreCategory: प्रदेश
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनले ३ हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । त्यस्तै, अन्य केही क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । ललितपुर(१, कपिलवस्तु ३, दैलेख १, प्युठान १, सुर्खेत १, रसुवा १, लमजुङ १, जाजरकोट १, सिन्धुपाल्चोक २ पाल्पा – २ पाँचथर १ मा…
Read Moreजुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् । यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले…
Read Moreरामेछापमा ढिलो गरी मतगणना सुरु
रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मतगणना रामेछापमा ढिलोगरी सुरु भएको छ । बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ । मतपेटिका सङ्कलन भए पछि बिहान १० बजे सर्वदलीय बैठक राखिएको थियो । बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा बनाइएको मतगणनास्थल साँघुरो भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले खुल्ला ठाउँमा मतगणनास्थल बनाउन सुझाव दिएका थिए । त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ । मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो । नयाँ मतगणनास्थल बनाएसँगै दिउँसो ३ बजेबाट मतगणना…
Read Moreबाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु
बाजुरा । बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसँगै अहिले सर्वदलीय बैठक बसेको हो । बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ । बैठकमा मतगणनाको विषयमा छलफल हुने बताइएको छ । बैठक पश्चात् पाँच बजेबाट मतगणना हुने अनुमान गरिएको छ ।
Read Moreकाठमाडौं–८ मा स्थानीयको प्रतिक्रिया : जनताले स्पष्ट परिवर्तन खोजेका छन्
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताले परिवर्तनको अपेक्षा गरेको देखिएको छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि र समर्थकहरूले पनि यसलाई औँल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ का राजनीतिक दलका प्रतिनिधि तथा समर्थकहरु रोशन महर्जनले भने, ‘अहिले भएको निर्वाचनमा राम्रो मत परिणाम आइरहेको छ । जनताले परिवर्तन खोजेका छन् । नेपालमा सुशासनका लागि विभिन्न वेथितीहरूको समाधान आवश्यक छ ।’ त्यसैगरी, महेन्द्र महर्जनले भने, ‘जनताले परिवर्तन चाहेको स्पष्ट देखिन्छ ।’ २ः३० बजे सम्मको ताजा अपडेट अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १४,३६४ मतसहित अग्रस्थानमा रहेका छन्…
Read Moreमकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै
काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् । हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन् । एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन् ।
Read Moreभक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
भक्तपुर । भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् । यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
Read Moreजुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
जुम्ला । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् । उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी (तारा)ले ९७२, एमालेका उम्मेदवार शान्तिलाल महतले २१२, कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले तीन मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले…
Read Moreसप्तरी–४ : रास्वपाका सिताराम साह अग्रस्थानमा
सप्तरी । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ। हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ । उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा.बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सिताराम साहले १,६८५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।
Read More