चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ आजदेखि एकसाथ प्रदर्शनमा

काठमाडौं । आज (शुक्रबार)देखि दुई नयाँ नेपाली फिल्महरु ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् । दिनेश राउतद्वारा निर्देशित ‘कुमारी’ र सुदीप्ता अधिकारीद्वारा निर्देशित ‘रमिताको पिरती’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका हुन् । फिल्म ‘कुमारी’ ले सिनेमा हलमा सबैभन्दा बढी १ सय ५२ शो पाएको छ भने ‘रमिताको पिरती’ ले ९३ शोज पाएको छ । ‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यू फिल्म हो । निर्माता महेन्द्र अधिकारीको यो फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायतको अभिनय रहेको छ । त्यस्तै ‘रमिताको पिरती’ फिल्ममा आना शर्माले रमिताको…

Read More

स्वरबाट पर्दासम्म : ‘रमिताको पिरती’ मा समिर श्रेष्ठको नयाँ यात्रा

काठमाडौं । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् । गीत–संगीतमा स्थापित हुँदै आएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा समिरले पछिल्लो समय आफू अभिनय र संगीत दुवैमा व्यस्त रहेको बताए । गायनबाट चिनिएका उनी अभिनयमा आउँदा कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रै फिल भइरहेको छ । ‘म अभिनयमा पनि आएँ’ भन्ने अनुभूति गर्न…

Read More

शान्तीश्री र गौरवको ‘सुन मायालु’मा दीपा शाही

काठमाडौँ । संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोकपप शैलीमा तयार गरिएको छ । सुदुर पश्चिमेली भाषालाई संगीतकार श्रेष्ठले लोक पपशैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् । भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने गौरवलाई दीपा शाहीले साथ दिएकी छिन् । प्रेम र रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले…

Read More

‘ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ । ५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ । नेपालमा उल्लेखनीय बक्स…

Read More

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’ त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो…

Read More

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ । गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ । पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास…

Read More

स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् । उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’ नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन…

Read More

ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

काठमाडौं । भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्धनमा प्रतिष्ठानले काम गर्दै…

Read More

शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ चित्रकला कार्यशाला

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कुश्मा कला परियोजनाको आयोजनामा आइतबार कुश्मा, पर्वतस्थित शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्मा, कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीलगायतको सहभागिता रहेको थियो ।

Read More

मुम्बईमा ‘तेरे इश्क में’ को सफलता पार्टी

मुम्बई । मुम्बईमा फिल्म ‘तेरे इश्क में’ को सफलताको अवसरमा पार्टी आयोजना गरिएको छ । शनिबार भारतीय फिल्म उद्योगका चर्चित सेलिब्रेटीहरूको बाक्लो उपस्थितिमा पार्टी आयोजना गरिएको हो । अभिनेता धनुष र अभिनेत्री कृति सेनन, फिल्म निर्माता आनन्द एल राय, निर्माता भूषण कुमार, निर्देशक ओम राउत, गीतकार इर्शाद कामिललगायत फिल्म उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रममा अभिनेत्री कृति सेनन सुरुचिपूर्ण कालो पोशाकमा उपस्थित भइन् । उनको स्टाइलिश र आकर्षक उपस्थितिले सबैको ध्यान खिच्यो । फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता धनुषले पनि कार्यक्रममा उपस्थिति जनाउँदै सहकर्मी कलाकार तथा फिल्मकर्मीहरूबाट प्रशंसा…

Read More