‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उत्र्कषमा…

Read More

राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आब्हान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ । प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई प्रतिष्ठानले आह्वान गरेको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला…

Read More

शितल भइन् मिसेस नेपाल आइडल २०२५

काठमाडौं । यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन् । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्। कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल भएका थिए । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौं संस्करण हो। करिव सवा दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्ष्मता अभिवृद्धि, वौद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए।…

Read More

बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौँ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ । ‘आम नेपाली बुवा’मा र्याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ ¥यापमा समावेश गरिएको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो…

Read More

भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत

काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए । अजय देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्वागत गरेका थिए । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित कार्यक्रममा क्रिकेट र फुटबल दुवैका प्रशंसकहरूका लागि यो दिन अविस्मरणीय बनेको थियो । मेस्सी आफ्नो GOAT इन्डिया टुर २०२५ को क्रममा वानखेडे स्टेडियम पुगेका थिए । सो अवसरमा उनले भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन…

Read More

‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

काठमाडौं। घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ। मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन्। उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधालाई ध्यानमा राख्दै शो तालिका तय गरिएको छ। भट्टराईका अनुसार, “मलेसियामा धेरै नेपाली श्रमिक दिनभर काममा व्यस्त हुने…

Read More

मिरमिरे’को राइट्स बिक्री सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो । युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ । दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका चलचित्र ‘मिरमिरे’को केही समयअघि दुईवटा पोस्टर सार्वजनिक भएको थियो । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड थिए । दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन…

Read More

‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ ।  फस्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो । ‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको  फस्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको…

Read More

निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चर्चित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन । चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।…

Read More

लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डन । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्टूी युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो । अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । फिल्मका प्रोडक्सन…

Read More