काठमाडौँ. गीतकार तथा गजलकार डा। तारानाथ घिमिरे ‘धुर्कापानीु को नयाँ गीत ‘दिनमा पनि, रातमा पनि’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा साहित्यकार डा. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् । विष्णु अधिकारीको सङ्गीत र स्वर रहेको गीतमाथि डा। गीता त्रिपाठी, डा. विष्णु दाहालले बोलेका थिए । उनीहरूले गीत मार्मिक रहेको र गीतले दुस्खको कथा भनेको बताए । प्रेम, जीवन र प्रेमका दुखद् पक्ष गीतमा आएकाले मार्मिक बनेको वक्ताहरूको टिप्पणी थियो । गीतकार धुर्कापानीले नेपाली सुगम सङ्गीतमा केही गरौँ भन्ने हुटहुटीले गीत तयार पारेको सुनाए । प्रमुख अतिथि डा. नवराज लम्सालले…
Read MoreCategory: कला/मनोरञ्जन
‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित
चितवन, १८ साउन । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्कीले नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान गरिएको बताए । नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित लोकदोहोरी गायिका श्रेष्ठलाई सम्मान गरिएको थियो ।…
Read More‘स्पाइडर म्यान’ को अब नयाँ शृखंला पनि आउने, सुरू भयो सुटिङ
लस एन्जलस, १८ साउन । सोनी पिक्चर्स र मार्वल स्टुडियोको अर्को अफर स्पाइडर म्यानः ब्रान्ड न्यू वर्ल्डले आधिकारिक रूपमा अगस्ट १ मा फिल्मांकन सुरु गरेको छ। साङ ची निर्देशक डेस्टिन डेनियल क्रेटनलाई यो चौथो किस्तामा टम हल्यान्डलाई टाइटलर सुपरहिरोको रूपमा मद्दत गर्नको लागि जोडिएको छन्। बहुप्रतिक्षित यस ठुलो चलचित्रको छायांकन सुरु भएसँगै स्टार कास्टका बारेमा पनि जानकारीहरु सार्वजनिक भइरहेका छन् । हलिउड रिपोर्टरको रिपोर्ट अनुसार मार्क रुफालो आगामी फिल्ममा ब्रुस ब्यानर उर्फ ‘द हल्क’ को भूमिकामा फर्कदैछन्। रूफलो सँगसँगै रिपोर्टमा यो पनि खुलासा गरिएको छ कि बेटर…
Read Moreतयार भयो रणवीर आलियाको २५० करोडको नयाँ घर, चाँडै सिफ्ट हुने
मुम्बई, १८ साउन । रणवीर कपुर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । उनीहरु दुबै चाँडै मुम्बईको बान्द्रा वेस्टमा रहेको आफ्नो नयाँ विलासी बंगलामा सिफ्ट हुन लागेका छन् । दम्पतीको विलासी बंगला अब पूर्ण रूपमा तयार भएको छ। रणवीर कपुर र आलिया भट्टको नयाँ घरको मूल्य करिब २५० करोड भारु रहेको बताइएको छ । उनीहरु दुबै छिट्टै नयाँ घरमा प्रवेश गर्ने खबर छ । हालै आलिया भट्ट पनि आफ्नी सासू नीतु कपूरसँग साइट पुगेकी थिइन् । पिंकभिलाको रिपोर्ट अनुसार रणवीर कपुर–आलिया भट्ट परम्परागत हाउस वार्मिङ सेरेमनी…
Read More३४ करोडमा बनेको सायराले ३०० करोड कमाउँदा सुपरस्टारको फिल्म भयाे फ्लप
मुम्बई, १८ साउन । मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ । मिडिया रिपोर्टका अनुसार करिब ३४ करोडको बजेटमा बनेको सायराले देशभर बक्स अफिसमा २८० करोडभन्दा बढीको कलेक्सन गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरिसकेको छ । उता, सायराको कोलाहलको बीचमा ५३ वर्षीय सुपरस्टारको एउटा फिल्म आयो, जुन कतै हराएर बक्स अफिसमा नराम्रो व्यापार गर्यो। ५३ वर्षीय सुपरस्टार पवन कल्याणको फिल्म ‘हरि हर…
Read More‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति
मुम्बई, १८ साउन । सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ । मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्। केरला मुख्यमन्त्री पिनाराई विजयनले एक्समा मा पोस्ट साझा गरेर भनेका छन कि यसले केरलाको छविलाई ध्वस्त पार्ने र साम्प्रदायिक घृणा फैलाउने नियतले गलत कुरा देखाउने फिल्मलाई सम्मान दिनु निकै चिन्ताको विषय भएको जनाएका छन । राष्ट्रिय चलचित्र पुरस्कारको निर्णायक मण्डलले…
Read More‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म
हैदारावाद, १६ साउन । साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ । फिल्म ‘महावतार नरसिंहा’ले भारतीय सिनेमालाई नयाँ रुप दिएको छ र मापन, विश्वास र शक्तिशालीको कथालाई एकैसाथ सजिलो र फरक शैलीमा देखाइएको छ । अबतार युनिभर्सको यो ठूलो सुरुवात एक…
Read Moreबागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने
मुम्बई, १६ साउन । बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् । आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ। बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार हिरोपन्ती स्टारले निर्माता मुराद खेतानीसँग रोमाञ्चक उच्च कन्सेप्ट एक्सन फिल्मका लागि साइन गरेका छन् भने अवने श्रीमन्नार्याना निर्देशक र अर्का निर्देशक सचिन रविको निर्देशनमा डेब्यू हुनेछ। प्रि–प्रोडक्सनको काम सुरु भइसकेको…
Read Moreश्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स
काठमाडौं । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ। जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन्। निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन्। जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ। राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन्।…
Read Moreसलमान खान मात्रै होइन, अन्य ७ बलिउडकर्मी पनि अझै छन् सिंगल
मुम्बई, १४ साउन । बलिउड अभिनेता सलमान खानले यसै वर्षको अन्त्यमा आफ्नो उमेर ६० वर्ष पूरा गर्दैछन् । सलमानले अहिलेसम्म बिहे गरेका छैनन्। अभिनेता अझै पनि एक्लै जीवन बिताइरहेका छन्। तर, आज हामी तपाईलाई बताउन चाहन्छौं कि सलमान खान बाहेक अन्य धेरै चर्चित स्टारहरू छन् ,जसले अझै बिहे गरेका छैनन् । आज हामी तपाईलाई त्यस्ता ६ चर्चित अभिनेताको बारेमा बताउन गइरहेका छौँ, जसमध्ये एकको उमेर ५० वर्षको छ भने कोही ५३ वर्षको छन् । तब्बुः चर्चित अभिनेत्री तब्बु ५३ वर्षकी भइन् । तब्बुको अजय देवगन, सञ्जय कपुर र…
Read More