चीनमा एआई खेलौनाहरूको लोकप्रियता

एजेन्सी । चीनमा एआई खेलौनाहरूले उपभोक्ताको मन जित्न थालेको छ । ति खेलौनाहरुले सबै उमेर समूहको मन जित्न थालेको हो । आकारमा सानो, तर कम्प्युटिङ पावरमा ठूलो, एआई प्रविधि भएका स्मार्ट खेलौनाहरूले चीनका सबै उमेरका ग्राहकहरूको मन जितिरहेको हो । दक्षिणी चिनियाँ शहर शान्टाउमा, एआई खेलौनाहरूको लोकप्रियता पनि बढ्दै गएको छ । एक स्थानीय खेलौना निर्माताका अनुसार अक्टोबरदेखि १०,००० भन्दा बढी एआई खेलौनाहरू बेचेका छन्, नयाँ अर्डरहरू अर्को वर्षको मार्चसम्ममा हुने तालिका छ। खेलौना कम्पनीका महाप्रबन्धक शेन रनन भन्छन्,‘ एआई ठूला मोडेलहरूको लागि धन्यवाद, हामी उत्पादन विकासबाट बजार प्रवेशमा छिटो…

Read More

युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥याउन सक्ने चेतावनी दिइन् । एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ । आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन् । प्रतिबन्धित अवामी…

Read More

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउँदै व्यापार, आणविक ऊर्जा, रक्षा, विज्ञान तथा प्रविधिसहितका धेरै क्षेत्रलाई समेट्ने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका छन् । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारतमा दोस्रो आणविक ऊर्जा केन्द्र (एनपीपी) निर्माण स्थलबारे छलफललाई तीव्र बनाउने र तमिलनाडुस्थित कुदनकुलम आणविक ऊर्जा परियोजना पूर्णरूपमा सञ्चालनमा ल्याउन रूसले पूरा सहयोग गर्ने आश्वासन दोहो¥याए । रूसले…

Read More

दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

एजेन्सी । दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ । भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो । भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ । ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।(सीसीटीभीप्लस)

Read More

युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् । “हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ । तर उनलाई ९जेलिन्स्कीलाई० यसको अनुमोदन गर्नुपर्छ । उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले व्हाइट हाउसस्थित ओवल अफिसमा पत्रकारहरूसँग भने । यसअघि, अमेरिकी पक्षबाट तयार पारिँदै गरेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको…

Read More

प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ । १७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई…

Read More

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रूसी सेनाले युक्रेनको रक्षा उद्योगलाई सहयोग गर्ने ऊर्जा संरचना, सैन्य विमानस्थल तथा युक्रेनको रक्षा खुफिया निकायको सञ्चार केन्द्रमा प्रहार गरेको बताइएको छ । सोही क्रममा जापोरिज्झियाको एक बस्ती आफ्नो नियन्त्रणमा ल्याइएको दाबी गरिएको छ । उता युक्रेनी सशस्त्र फौजले भने रूसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी…

Read More

बिहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त

काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो । एनडीएको अन्य घटक—लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन ग¥यो । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा…

Read More

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार

काठमाडौं । ब्रिटिश प्रसारक बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी ६, २०२१ को भाषणका केही अंशहरू सम्पादन गरेर भ्रामक रूपमा प्रस्तुत गरिएकोमा माफी मागेको छ । तर, ट्रम्पले मागेको क्षतिपूर्ति दिन भने बीबीसीले अस्वीकार गरेको छ । बीबीसीका अनुसार उक्त सम्पादनले यस्तो गलत धारणा दिएको थियो कि ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि गर्न आह्वान गरेको जस्तो देखिएको थियो । बीबीसीले उक्त कार्यक्रम २०२४ को वृत्तचित्र पुनःप्रसारण नगर्ने निर्णय पनि गरेको छ । ट्रम्पले भनेका छन, ‘बीबीसीले अक्टोबर २०२४ को वृत्तचित्र फिर्ता लिएर मसँगमाफी माग्नुकासाथै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्छ…

Read More

हडतालमा उत्रिए इङ्गल्याण्डका ‘जुनियर डाक्टर’हरु

एजेन्सी । इङ्गल्याण्डमा ‘जुनियर डाक्टर’ भनेर चिनिने रेसिडेन्ट डाक्टरहरूले आम्दानीमा कमी आएको भन्दै पाँच दिने हड्ताल सुरु गरेका छन् । बढ्दो जीवनयापनका कारण लागत बढेको र आम्दानीमा आएको कमीको विरोधमा हड्ताल सुरु गरेका हुन् । यो विगत दुई वर्षमा इङ्गल्याण्डमा डाक्टरहरूले गरेको १३ औं यस्तो हडताल हो। हडतालका कारण बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रको शल्यक्रिया र नियुक्तिहरू स्थगित हुने ठूलो जोखिम बढेको छ । ब्रिटिश मेडिकल एसोसिएसनद्वारा आयोजना गरिएको हडताल लामो समयदेखिको समस्या र कर्मचारीको गम्भीर अभावले सडकमा उत्रन बाध्य पारेको हो । मेडिकल विद्यार्थीहरू कार्यक्षेत्रमा प्रवेश गर्ने पहिलो चरण…

Read More