मलेसिया-थाइल्यान्ड सीमामा डुबल जहाजका घटनामा थप ६ अप्रवासीको शव फेला

अलोर स्टार, मलेसिया, नोभेम्बर ९ – मलेसिया-थाइल्यान्ड समुद्री सीमामा डुबल जहाजबाट झण्डै १०० अप्रवासी लिएर गएको बोट पल्टिएपछि थप ६ अप्रवासीको शव लाङकावी पानीमा फेला परेको छ। फेला परेकोमध्ये एक बच्ची रहेको बताइएको छ। केडाह र पर्लिस मलेसिया समुद्री प्रवर्तन एजेन्सीका निर्देशक फर्स्ट एडमिरल रोमली मुस्तफाले दिएको जानकारीअनुसार, यस घटनामा हालसम्म ७ जनाको मृत्यु भएको छ भने १३ जना सुरक्षित छन्, जसमा आज फेला परेका तीनजनालाई पनि समावेश गरिएको छ। “आज दिउँसो ३:११ बजे कुला मुडा टेरियाङ क्षेत्रमा दुई पुरुष समुद्रमा तैरिरहेको देखिए, जसलाई स्थानीय माछापालकले उद्धार गरे,” उनले बताए।…

Read More

गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह

एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए। जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे । ‘नयाँ आमाहरू र कमजोर नवजात शिशुहरू छन् । जो भुइँमा, अस्पतालको करिडोरमा सुतिरहेका छन्। म तीन जन्मेका शिशुहरूसँग बसेको थिएँ जसले एउटै अक्सिजन…

Read More

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् । यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने। उनले पुष्टि गरे कि बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा…

Read More

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

काठमाडौं, १८ साउन । एलन मस्क चाँडै ग्रोकमा टेक्स्ट–टू– भिडियो सुविधा ल्याउन गइरहेका छन् । हालै कम्पनीले यो सुविधाको घोषणा गरेको थियो ।   टेक्स्ट–टू–भिडियो सुविधामा जब प्रयोगकर्ताहरूले ग्रोकलाई टेक्स्ट दिन्छन्, यसले त्यसै आधारमा भिडियो सिर्जना गरिदिनेछ ।   केही रिपोर्टमा यो फिचरमा स्पाइसी मोड हुने दाबी गरिएको छ, जसमा प्रयोगकर्ताहरूले ६ सेकेन्डको भिडियो क्लिप बनाउन सक्नेछन्। यो फिचर यस वर्षको अन्त्यसम्ममा लन्च हुनसक्छ ।   एलन मस्कको एक्सएआइ कम्पनीले ग्रोकमा नयाँ सुविधा ल्याउनेछ। यो टेक्स्ट–टू–भिडियो सुविधालाई ‘इम्याजिन’ नाम दिइएको छ। यसलाई प्रयोग गर्न, प्रयोगकर्ताहरूले टेक्स्ट प्रम्प्टहरू दिनुपर्छ, त्यसैको आधारमा…

Read More

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

सियोल, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।   ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि चलेको महसुल वार्ता पछि यो नयाँ सम्झौता भएको हो ।   एक पत्रकारको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । पत्रकारले उनलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटबारे सोधेका थिए । ट्रम्पले यो बैठक दुई साताभित्र ह्वाइट हाउसमा हुने बताए ।   योनहाप समाचार एजेन्सीका अनुसार ट्रम्पले भनेका छन कि  ‘दक्षिण…

Read More

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्  । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले ४ महिनामा अमेरिकाबाट १७ प्रतिशत ट्यारिफ घटाउन सफल भएको थियो । युनुसले यसको श्रेय अमेरिकासँग ट्यारिफका बारेमा वार्ता गर्ने अधिकारीहरूलाई दिएका छन्। उनले यसलाई कूटनीतिक विजय भने र यसले बंगलादेशको कपडा उद्योगलाई बलियो…

Read More

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको तथ्यांकअनुसार जनवरी २०२० देखी जुलाई २०२५ बीचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाई अर्थात १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार…

Read More

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री

काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।   राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन्।   तर, उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले यसप्रति असन्तुष्टि जनाएका छन् । उपराष्ट्रपति मार्क्वेजले यसले सरकारको छवि धमिलो भएको बताए । यसबाहेक, यस्ता नियुक्तिले मन्त्रालयको छवि र उद्देश्यमा आँच पु¥याउन सक्छ । तर, राष्ट्रपतिले पूर्व पोर्नस्टारलाई नियुक्त गर्ने निर्णयको बचाउ गरेका छन्…

Read More

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

नयाँदिल्ली, १६ साउन । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।   अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ।   अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।  ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई…

Read More

अमेरिकासँग ६७५ मिलियन डलर बराबरको हतियार इजरायलले खरिद गर्ने, सम्झौताकाे बिराेधमा सिनेटर

वासिंगटन डिसी, १६ साउन । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ। यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ। तर, यो सम्झौताको विरोध पनि भएको थियो । अमेरिकी सिनेटमा डेमोक्र्याटिक सांसदहरूको ठूलो संख्याले हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अन्ततः ती सबै असफल भएका छन् । यो सम्झौतालाई इरानसँगको तनावसँग प्रत्यक्ष…

Read More