मस्को, १५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् । अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू समातेका छन्। अङ्गरक्षकले पुटिनसँग ड्रोन बोकेको भिडियो पनि भाइरल भएको छ । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार भाइरल भइरहेको भिडियो मस्को विजय दिवसको हो। प्रश्न उठिरहेको छ कि किन पुटिनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका छन् ? रुसमा राष्ट्रपतिको सुरक्षाका लागि विशेष बल गठन गरिएको छ । यस फोर्समा ३५ वर्षभन्दा माथिका सैनिकलाई राखिने छैन । पुटिनका…
Read MoreCategory: अन्तर्राष्ट्रिय
चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर
बेइजिङ, १४ साउन । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ । यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ । बेइजिङमा घोषणा गरिएको…
Read Moreरूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा
मस्को, १४ साउन । चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक अनुसन्धान जहाजवाट भइरहेको छ । यसमा संलग्न २५ वैज्ञानिकको टोली गहिरो समुन्द्रमा वातावरण, इकोलोजी र जलवायुको अध्ययनमा करिब ४५ दिन बिताउने छन् । यस अवधिमा दुवै देशले आर्कटिक क्षेत्रमा धेरै प्रकारका आविष्कार गर्नेछन्। यो मिसन कोभिड–१९ पछि दुई देशबीचको पहिलो प्रमुख समुद्री मिसन हो र यसलाई चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको एफआईओ (फर्स्ट इन्स्टिच्युट अफ ओशनोग्राफी) ले सञ्चालन गरिरहेको छ।…
Read Moreमलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्दबिराम
बैंकक, १३ साउन । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डसँग जारी सीमा विवादमा युद्धविरामको घोषणा गरेका छन् । उनले दुई देशबीचको तनाव कम गर्न तत्काल युद्ध रोक्ने आशा रहेको बताए । मलेसियाको राजधानी क्वालालम्पुरमा हिजो साँझ दुई देशबीच शान्ति वार्ता भएको हो । बैठकमा थाइल्याण्डका तर्फबाट कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचाचाइ र कम्बोडियाका तर्फबाट प्रधानमन्त्री हुन मानेत सहभागी थिए । यो बैठक मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको अध्यक्षतामा भएको थियो । दुई देशबीचको सीमा विवादका कारण केही दिनयता चर्को गोलीबारी भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा…
Read Moreबेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो
बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ। सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार मध्यरातसम्मको भारी वर्षाको पछिल्लो चरणमा ३० जनाको मृत्यु भएको जनाएको हो। बेइजिङले यसका उत्तरी जिल्लाहरूमा ५४३ एमएम (२१.३ इन्च) सम्मको वर्षा रेकर्ड गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ । साताको अन्त्यमा सुरु भएको मुसलधारे…
Read Moreपत्रकारमाथि ज्यान लिने प्रयास गर्ने अपराधीमाथी गोली प्रहार गरी पक्राउ
नईदिल्ली १३ साउन । भारतको राजधानी दिल्लीसँगै जोडिएको उत्तरप्रदेश नोएडाको सर्फाबाद गाउँमा कुकुरलाई बिस्कुट खुवाउने सामान्य विवादले भयावह मोड लिएको छ । सो घटनामा समाचार संकलन गर्ने एक पत्रकारमाथि चक्कु प्रहार गरी ज्यान लिने प्रयाससमेत गरिएको छ । यस घटनाका आरोपीलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरिएको छ। आरोपीमाथि हत्या प्रयाससहितका गम्भीर मुद्दाहरूमा कानुनी कारबाही अघि बढाइएको छ। घटनाको विवरण अनुसार निजी अखबारमा कार्यरत फोटो पत्रकार प्रमोद शर्मा सोमबार साँझ कार्यालयबाट घर फर्कँदै थिए। उनी सर्फाबादस्थित आफ्नो घर अगाडि कारभित्र थिए, त्यतिकैमा दीपक नामका युवकले कारको झ्यालबाट हात भित्र…
Read More