काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए । उनले भने,‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ । परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ । हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ । नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने…
Read MoreCategory: समाचार
काठमाडौं २ मा उज्यालो नेपालका उम्मेदवार पवन पोखरेलद्वारा नगर नीति तथा प्रतिबद्धता सार्वजनिक
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार पवन पोखरेलले आफ्नो नगर नीति, विकास योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत साँखुमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने पार्टी भएको धारणा राखे । यहाँका उम्मेदवार पोखरेल सक्षम, स्पष्ट दृष्टिकोण भएका सशक्त युवा नेता भएको उल्लेख गर्दै ‘पवन पोखरेल जित्नु भनेको कुलमान घिसिङ जित्नु हो’ भनी मतदातासमक्ष समर्थनको अपिल गरे ।
Read Moreभोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका छन् । शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ को उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भोट दिने कुरा छोरी दिने भन्दापनि ठूलो कुरा भएको बताउँदै निकै सोच बिचार गरेर मात्र मतदान गर्न आग्रह गरेका हुन । उनले भने,‘चुनावको बेला जसले पनि नमस्कार गरेको छ, कसैलाई भोट दिन्न भनेर राख्न मिल्ने कुरा पनि होइन, भोट त दिनै पर्छ तर देशका लागि को ठीक छ, को राष्ट्रवादी छ, हजार पटक सोचेर दिनुपर्छ ।…
Read Moreरुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती
काठमाडौं । यही फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ । यहाँको निर्वाचन क्षेत्रमा लगातार जीत हासिल गरेका नेपाली कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्डको चुनावी यात्रा यसपटक सहज देखिँदैन । यो निर्वाचन उनको लागि केवल एउटा संसदीय सिटको प्रतिस्पर्धा होइन, बरु आफ्नै राजनीतिक आधारभूमिको पुनः परीक्षणका रूपमा हेरिएको छ । प्रचण्डले सन् ०२६ को संसदीय निर्वाचनका लागि यही क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् र उनले विकास र समग्र प्रगतिको प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । रुकुम पूर्वलाई लामो समयदेखि…
Read Moreनेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक
काठमाडौं । नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक गरिएको छ । सेन्टर फर डिप्लोमेटिक डायलगको आयोजनामा Nepal’s Foreign Policy at the Contemporary World Order नामक पुस्तक आज काठमाडौंमा सार्वजनिक गरिएको हो । कार्यक्रममा डायलगका अध्यक्ष डा. शम्भु पोखरेलले पुस्तक सार्वजनिक गर्दै समकालीन विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले आफ्नो वैदेशिक नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले ट्र्याक–२ कूटनीति मार्फत नेपालले अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन सक्ने बताए । कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले नेपालको कूटनीतिक अभ्यास,…
Read Moreसशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, मुख्य अभियुक्त रुन्चे मदन फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं.१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४०…
Read Moreझापा–५ मा तातिँदै चुनावी माहोलः दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय
झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् । विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्…
Read Moreसर्लाहीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
सर्लाही। सर्लाहीमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्लाको गोडैता नगरपालिका – ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ।
Read Moreप्रधानमन्त्री कार्कीसँग विभिन्न देशका एनसीसी प्रतिनिधिमण्डलको भेट
काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्। प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो। प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन् । विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता…
Read Moreआईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी
काठमाडौं । नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।
Read More