काठमाडौं । नेपाली कांग्रेस (बिपी)ले नेपाली कांग्रेसमा समाहित हुने सहमति भंग गरेको छ। कांग्रेस बीपीले आफूसँग भएको सहमति कार्यान्वयनमा उदासनिता देखाएको भन्दै एकीकरण सम्बन्धि प्रक्रिया स्थगित भएको निर्णय गरेको हो। कांग्रेस बिपीका मुख्यसचिव गणेशप्रसाद पाण्डेयका अनुसार पार्टीको वर्तमान कार्यसमिति भंगगरी सभापति सुशीलमान शेरचनको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ। गत फागुन १७ मा कांग्रेस सभापति गगन थापा र कांग्रेस (बीपी)का सभापति शेरचनद्वारा हस्ताक्षर गरिएको सहमतिपत्रमा कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको थियो। परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको…
Read MoreCategory: समाचार
बदलिएको भनिएको कांग्रेस यथास्थितिमै रमायो, परम्परागत निर्णयले पार्टी चल्दैन : नेता राई
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा थपिएका १९ केन्द्रीय सदस्यहरुप्रति केही युवा नेताहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि पार्टीमा अवसर नपाएका युवा नेताहरु, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्णयको विरोध गरेका हुन् । नेपाल विद्यार्थी संघ एवम तरुण दलमा समेत लामो समय काम गरेर कांग्रेसको सक्रिय राजनीतिमा रहेका युवा नेता लावस राईले बदलिएको भनिएको पार्टीले परम्परागत निर्णय गरको आरोप लगाए । ‘पूरानै टेस्टेट नेताहरुलाई अवसर प्रदान गर्दा कांग्रेस कसरी बदलिन्छ । पटक पटक अवसर पाएका र टेस्ट भइसकेका नेताहरुबाट पार्टी रुपान्तरण हुन्छ भन्नेमा विश्वस्त हुन सकिदैन…
Read Moreपुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे । उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग…
Read Moreउपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’ अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन्…
Read Moreउच्च अदालतको न्यायाधीशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छ : वक्ताहरु
काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुन सक्ने समेत आशंका गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म पनि जाहेरे नलिनुले हत्यामा राज्यकै सम्लग्नताको आशंका गरेका छन् । पछिल्लो समय देशभरी दलित समुदायमाथि हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै परियारले भने, ‘प्रहरीकै सुरक्षामा श्रीकृष्णको ज्यान गएको छ, घरबेटिहरुले कोठा खालि गराइरहेका छन्, अन्तरजातिय विवाहको नाममा हिंसा बढ्नु दर्भाग्यको विषय…
Read Moreहेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा
हेटौँडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो । गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद…
Read Moreलिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जानकारी दिए । उनले भने, ‘उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि हाम्रो पूर्ववत धारणा यथावत् छ । पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ । उहाँहरूको सुरक्षा र हितका विषयमा निरन्तर सजग छौं।’ उनका अनुसार मन्त्रालयमा स्थापना गरिएको इमर्जेन्सी कन्ट्रोल रुममार्फत सञ्चालित हटलाइनहरू हालसम्म पनि सक्रिय छन् । हालसम्म उक्त कन्ट्रोल रुममा १४८…
Read Moreविदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु : १. सम्मानिय राष्ट्रपति ज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई २०८३ बैसाख २८ गते सोमबारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि…
Read Moreसुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् । किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए । किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी…
Read Moreपोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ सालको जेठ २४ गते कार्की अर्थमन्त्री नियुक्त भएका थिए ।…
Read More