कैलाली। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Read MoreCategory: समाचार
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन् । उनले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छ? भनेर प्रश्न समेत गरिन् । उनले भनिन्,‘आज देश परिवपर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको…
Read Moreसरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?
काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने बताएका हुन् । उनले नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे । उनले भने, ‘नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र,…
Read Moreसरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गरेका छन् । मंगलबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताए । उनले भने,‘नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल देखिएन । सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको छैन । कांग्रेस ठूला गफ गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन् । जनतासँग खुलस्त बहस…
Read Moreप्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए । उनले भने,‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ ।’ प्रचण्डले विगत र वर्तमानबीच…
Read Moreसवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन’ भन्ने भाष्य सही नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने,‘पुराना नेता’ र ‘पुराना पार्टी’का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन । संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख…
Read Moreमेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद युवराज दुलालको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएपनि गठन आदेश नबन्दा कार्यान्वयन हुन नसकेको बताए । उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गरे । उनले भने,‘मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चाल गर्न बजेट विनियोजन भएको छ । गठन आदेश नभएको कारण कार्यान्वयन हुन सकेको छैन् । खानेपानी मन्त्रालयमा…
Read Moreएम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स…
Read Moreयौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझैपनि विभेद र बहिष्कारको पीडामा बाँच्न बाध्य रहेको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पहिलो सम्बोधन गर्दै उनले संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिन्। उनले भनिन्,‘म त्यस्तो समूदायबाट आएको छु, जहाँ व्यक्ति जन्मिँदा बहिष्कार र मृत्यु हुँदासमेत तिरस्कार सहन बाध्य छन । संविधान जारी भएको एक दशक बितिसक्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार कागजमै सीमित छन् । यी संवैधानिक अधिकार कार्यान्वयनको लागि आवश्यक ऐन र कानुन आजसम्म बन्न नसक्नु…
Read Moreकांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने पनि उल्लेख गरेका छन् । पार्टी सभापति गगन थापाले बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनको निष्कर्ष छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न…
Read More