काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र निर्धारित समयमै सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै आएको उल्लेख गर्दै जालपादेवी केबलकार पनि तय गरिएको समयमै सञ्चालनमा आउने बताए । ‘निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्दै आएको छ,’…
Read MoreCategory: समाचार
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति
काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आज पनि प्रधानमन्त्री उपस्थित नभएको बताए । उनले भने, ‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदन प्रधानमन्त्रीलाई देखेनै ।’ सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत…
Read Moreकर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन
काठमाडौं । बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै क्षतिग्रस्त टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न पहल गरिरहेको जनाएको छ । हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा १३२ केभी क्षमताका टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । घटनापछि नेपाल…
Read Moreमल अभाव, उखु किसानको भुक्तानी र सीमावर्ती समस्या समाधान गर्न सांसद खनालको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले मल अभाव, उखु भुक्तानी तथा सीमावर्ती क्षेत्रका बैंकिङ समस्याबाट सास्ती खेपिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्षात् सुरु भइसके पनि किसानहरूले अझै मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने,‘वर्षात सुरु भएको छ तर किसान मलको अभावले पीडित छन् । उखु किसानहरु भोली भन्ने शब्दबाट आक्रान्त छन् । किनकी मिलमा भुक्तानि माग्न जाँदा भोली आउनु भनिन्छ तर त्यो भोली कहिल्यै आउँदैन ।’ त्यस्तै उनले सीमावर्ती क्षेत्रका किसानले बैंकबाट ऋण लिन खोज्दा गुगल…
Read Moreबागमती सिँचाइ आयोजनाद्वारा अतिक्रमित जमिनको नापजाँच सुरु, ४०० घरधुरी प्रभावित हुने
रौतहट । बागमती सिँचाइ आयोजनाले आफ्नो स्वामित्वमा रहेको पूर्वी तथा पश्चिमी नहर क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया अन्तर्गत नापजाँच कार्य सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित जिरो माइलबाट नापजाँचको औपचारिक सुरुवात गरिएको हो । आयोजनाका अनुसार, संघीय सरकारको परिपत्र र निर्देशन बमोजिम अतिक्रमित क्षेत्रलाई आयोजनाको पूर्ण स्वामित्व र नियन्त्रणमा ल्याउन यो कदम चालिएको हो । नापजाँचबाट नहरको जमिन यकिन भएपछि त्यहाँ निर्माण गरिएका भौतिक संरचनाहरू हटाइने आयोजनाले स्पष्ट पारेको छ । आयोजनाको नियमानुसार नहरको दुवैतर्फ ६०–६० मिटर क्षेत्र आयोजनाको क्षेत्राधिकारभित्र पर्दछ । नहर क्षेत्र खाली…
Read Moreराष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ । राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष २०८३÷८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
Read Moreपाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य चुनौतीपूर्ण : पूर्वगर्भनर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अघि सारेको पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने तथा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ नजिक पु¥याउने लक्ष्य चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिएपनि आन्तरिक उत्पादन कमजोर अवस्थामा रहेकाले सरकारको महत्वाकांक्षी लक्ष्य हासिल गर्न व्यापक संरचनात्मक सुधार आवश्यक पर्ने उनले बताएका हुन् । क्षेत्रीका अनुसार अहिले मुलुकको अर्थतन्त्र बाहिरबाट हेर्दा स्थिर देखिन्छ । मूल्यवृद्धि अनुमानित सीमाभित्र रहेको, चालु खाता बचतमा रहेको तथा विदेशी मुद्रा सञ्चिति मजबुत अवस्थामा पुगेको तथ्यांकले अर्थतन्त्र सहज अवस्थामा…
Read Moreसीमावर्ती गाउँबाट शैक्षिक क्रान्तिको उदाहरण : जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ । सीमावर्ती तथा पिछडिएको मानिने क्षेत्रमा अवस्थित विद्यालयले उच्च जिपिएसहित उल्लेखनीय सफलता प्राप्त गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ । दसगज्जा नजिकको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको यो विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो । यस वर्षको एसईईको नतिजाले विद्यालयले अघि सारेको सुधार अभियान सफल भएको स्पष्ट संकेत दिएको छ ।…
Read Moreप्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३÷०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा…
Read Moreबुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ३९…
Read More