काठमाडौं । मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिदा पनि व्यवस्थापन नभएका वनकरियाहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सरकारलाई ज्ञापन पत्र बुझाएर पूर्ण अधिकारको माग गरेको जनाएका छन् । मुक्त कमलरी विकास मञ्चकी पूर्वकेन्द्रीय अध्यक्ष हिरामोति चौधरीले मुक्त भएको करिब डेढ दशकसम्म पनि आफूहरुको सरकारले न्याय तथा उचित व्यवस्थापन नगरेको गुनासो गरिन् । ‘तत्कालिन सरकारले हामीलाई मुक्त गरेको घोषणा त गर्यो तर हाम्रो न्यूनतम आवश्यकता र न्यायका विषय आजसम्म पनि कागजमै सिमित…
Read MoreCategory: समाचार
सहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि
विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा माथि र १ लाख रुपैयाँभन्दा कम बचत भएका ३३९ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम फिर्ता प्रक्रिया अघि बढाइएको छ । यसअघि पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका ३१२ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ । समितिका अनुसार बचतकर्ताको रकमबाटै हालसम्म…
Read Moreरौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य
रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने रौतहटबासीको वर्षौँदेखिको सास्ती अब अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको समय र खर्च जोगाउने उद्देश्यले आजदेखि ’होम डेलिभरी’ सरहको नयाँ विकल्प खुला गरेको हो। नयाँ नियमअनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीले अब दुईवटा विकल्प पाउनेछन् । राहदानी बनेर आएपछि आफैँ जिल्ला प्रशासन कार्यालय गएर बुझ्ने वा राहदानी सिधै आफ्नै घरको ठेगानामा हुलाकमार्फत प्राप्त गर्ने व्यवस्था भन्ने विकल्प रहने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताए । उनका अनुसार यदि कुनै सेवाग्राहीले आफ्नो राहदानी…
Read Moreसंवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् । बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुने छन् ।
Read Moreसंसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो । सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ । सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान…
Read Moreदीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो । अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ (बाह्र) दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३…
Read Moreपठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह
काठमाडौं । पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो । सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा राइड सेयरिङ÷राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ । पठाओले ‘असम्भव जस्तो लागेको विचारलाई व्यवहारमा उतार्दै’ कम्पनीलाई स्थापित ब्रान्ड बनाउन सिंहको योगदान उल्लेखनीय रहेको जनाएको छ । कम्पनीले उनलाई केवल व्यवसाय निर्माणकर्ता मात्र नभई नेपालको…
Read Moreकांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ । मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन् । सदस्यमा मधु आचार्य-काभ्रे, डा. गोपाल दहित थारू-वर्दिया, अञ्जु झा-रौतहट, उमेश श्रेष्ठ-ललितपुर, प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान, मीन भाम-मुगु, डा. अञ्जनीकुमार झा-महोत्तरी, डा. यादव पण्डित-प्रवास, बद्री सिग्देल-वर्दिया र गोपालप्रसाद पोखरेल-सुनसरीबाट रहेका छन् । यसैगरी, श्रवण मुकारुङ-भोजपुर, मोहना अन्सारी-बाँके, महेन्द्रप्रसाद यादव-सप्तरी, श्रीप्रसाद भलामी मगर-गुल्मी, विनोद दास-बारा,…
Read Moreमहासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् । कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् । सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत प्राप्त गरेका हुन् । यस्तै, राजेश कुमार अग्रवाल १०८२ मत पाएका छन् । सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबु काजी कार्की १००६ मत,…
Read Moreकृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने छ ।
Read More