पोखरा । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो । अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइडमा आयोजना गरिएको महोत्सवको उद्घाटन उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताए । उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न…
Read MoreCategory: समाचार
रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । आइतबार भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ । रातभरको छलफलपछि उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् । रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । विशेष…
Read Moreनयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा
विराटनगर । नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्डको अवसर पारेर उक्त बीमा कार्यक्रम लागु गर्न लागिएको फाउन्डेसनले जनाएको छ। यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो। सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बीमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध…
Read Moreआज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ। यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत गरिएको भूमिगत संरचना जडानलाई अन्तिम चरणमा पु¥याउन अस्थायी रूपमा…
Read Moreफागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ । आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । साथै प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी तथा सङ्घीय र प्रदेश सरकारअन्तर्गतका निकाय र पदाधिकारीहरू पनि आचारसंहिताको दायरामा पर्नेछन् । यसैगरी स्थानीय तहका कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सरकारी,…
Read Moreरिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने क्रममा ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) सामूहिक लगानी कोषका लागि, १० प्रतिशत (१ लाख १५ हजार ५४६ कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत (५७ हजार ७८८…
Read Moreप्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाउने कानुनी बाटो खुला
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ…
Read Moreमाओका विचार आज पनि सान्दर्भिक छन् : प्रचण्ड
काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र भएको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा माओले अघि सारेका विचार, संघर्षको मार्ग र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि मार्गदर्शक रहेको उनको भनाइ छ । माओले देखाएको बाटो केवल…
Read Moreउपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ । नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् । उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ । उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि…
Read Moreवास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा दीर्घकालीन र दिगो उपलब्धि हासिल गर्न नेपालमा स्रोत समायोजनलाई नीति–स्तरीय प्रभावकारी रणनीतिका रूपमा अघि बढाइँदैछ । सीमित स्रोतको अधिकतम उपयोग र दोहोरो लगानी अन्त्य गर्ने उद्देश्यसहित विभिन्न सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिइएको हो । संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच वित्तीय, प्राविधिक र मानवीय स्रोत साझा प्रयोग गर्ने अभ्यासले वास क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, असन्तुलित बजेट वितरण र खण्डित कार्यान्वयनको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता…
Read More