काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् । छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी…
Read MoreCategory: समाचार
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो । अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने उल्लेख गरिएको छ । निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट हुने भुक्तानी सम्बन्धित…
Read Moreहामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे । उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो । थाहा छैन, उहाँले गल्ती गर्नुभयो या भएन । तर उहाँले माफी माग्नुभयो । उहाँले गल्ती गर्नुभयो कि गर्नुभएन भन्ने अन्योलबीच पनि उहाँले छिट्टै…
Read Moreउच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत
काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए । यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ । स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले…
Read Moreसांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ । उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर…
Read Moreजनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् । उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् । जनतालाई प्रतिज्ञा गर्छु कि यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट…
Read Moreराष्ट्रिय सभामा कांग्रेसको भूमिका सक्रिय र जनमुखी हुन्छ : रोकाया
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णबहादुर रोकायाले संसदमा पार्टीको भूमिका सक्रिय र जनमुखी रहने बताएका छन् । विहीबार कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि बसेको पहिलो संसदीय बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए । उनले भने, ‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो । यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ ।’ उनका अनुसार बैठकमा कांग्रेस सांसदहरूले…
Read Moreकेपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
काठमाडौं । फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए । उनले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए । उनले भने, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन् । नेपालको संविधान भाग ३ को मौलिक हक…
Read Moreसघीय संसद् अधिवेशन आजदेखि सुरु
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् । आजकाे बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । बैठकमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ । यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता…
Read Moreहवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् । निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन् । संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले…
Read More