काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ । त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
Read MoreCategory: समाचार
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्। प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२(०२२ प २५ ६७) को मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । काठमाडौं…
Read Moreबादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्तिः दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ
काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथाहरू सुनिए, जसमा दोष सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै अरूलाई दिइएको थियो। पाण्डेका अनुसार, यसरी दोष अरूमा मात्र हाल्ने प्रवृत्ति गलत हो र यसमा सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको स्पष्ट गर्नुपर्छ।’ उनले राजनीतिमा कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतिर धकेल्ने काम नगर्न पनि आह्वान गरेका छन्।…
Read Moreजेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए । उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए । डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए । उनले डा. शर्मालाई राति करिब…
Read Moreकर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गरे । उनले भने, ‘०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । उनका अनुसार विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले…
Read Moreपुँजी परिचालन र वित्तीय साक्षरतामा सहकारी अभियानले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ : अध्यक्ष पोखरेल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान पनि त्यही किसिमले चलेको बताएका हुन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले सहकारी क्षेत्र संकटमोचनका निमित्त होइन संकट निम्त्याउनका निमित्त होकी भन्ने जुन खालको भाष्य थियो त्यसको पनि अन्त्य भइसकेको बताए । ‘केही सस्था र व्यक्तिहरुले सहकारीको नामबाट पैसा संकलन गर्ने र अपचलन गर्ने काम गरे ।…
Read Moreएमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले…
Read Moreदेश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरु टिओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंकार खलनायक र हत्याराका रुपमा स्थापित गरे । जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ति संस्था…
Read Moreहनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् । गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ । हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ ।…
Read Moreभदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ? : भीष्मराज आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं । र सँगै उठ्छौं । दल भिन्न होला तर देश एउटै हो । संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस् । फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले…
Read More