काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । इलाम ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read MoreCategory: समाचार
निर्वाचनमा पार्टीका सदस्यहरुले गरेको अनुशासन उल्लङ्घनको उजुरी पठाउन समितिको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने निर्णय गरेको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्छ ।’…
Read Moreम्याद बुझेर काठमाडौं फर्किए रास्वपा सभापति रवि लामिछाने
विरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौं फर्किएका छन्। बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौं फर्किएका छन् । अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका…
Read Moreएमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
काठमाडौं । नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए। उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् । गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए । उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए । गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण…
Read Moreसर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बताइन् । उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ । अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन ।’ यसैगरी सर्वदलीय बैठकमा सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्न सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले भने, ‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो । यसमा कुनै दलले…
Read Moreप्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको…
Read Moreसुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ भएको थियो ।
Read Moreनेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ ।
Read Moreमन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो । उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ । नवगठित एकाइको संयोजकका रूपमा प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यसैगरी कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका…
Read More१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
काठमाडौं । नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या हुँदा र निरन्तर मूल्य वृद्धि भएपछि यस्तो अवस्था आएको हो । जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ । तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असर आउँदो दिनमा…
Read More