नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात १३७.९ प्रतिशत र अन्य तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशत बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले घटेको छ । वस्तुगत रूपमा हेर्दा भटमासको…

Read More

‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् । आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् । उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल…

Read More

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।  

Read More

निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन् : प्रदिप पौडेल

विशेष अधिवेशन हाम्रो बाध्यता बनिसकेको छ । यो कुनै रहरले सबै समस्याको समाधान खोज्ने प्रयत्न होइन, बरु पार्टीले आफ्ना कामहरू नियमित रूपमा गर्न नसकेकाले बाध्यतावश आएको अवस्था हो । निर्वाचनभन्दा अघि महाधिवेशन नभए विशेष अधिवेशन अनिवार्य रूपमा गर्नैपर्छ, त्यसलाई रोक्ने अधिकार कसैसँग छैन । प्रदिप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाली कांग्रेस यतिबेला महाधिवेशनका विषयलाई लिएर विभाजित अवस्थामा छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिक छ । इत्तर…

Read More

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् । औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा घटेर ५.०४०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको…

Read More

जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

  जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र…

Read More

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ ।   शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।   निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।   अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ।   यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।

Read More

यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ…

Read More

एकजनाले रास्वपा छाड्दा अरु सयजना भित्रिन्छन् : श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् । शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन् । उनले भने, ‘धेरै साथीहरुको चिन्ता पार्टीबाट हिजो को जानु भयो, अस्ति को जानु भयो भन्ने छ । तर एक जना जान्छन् सय जना आइरहेका हुन्छन् । आजै पनि पार्टी प्रवेश गराउँदै गर्दा त्यो देखियो । त्यो भनेको संस्थाप्रति र रवि दाईले…

Read More

देशले चिनेको होइन देशलाई चिनेका मान्छेहरु पार्टीमा जोड्दै जानुपर्छ : गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सोविता गौतमले व्यक्तिवादी चरित्रले पार्टीलाई हानी गर्ने बताएकी छिन् । शनिबार काठमाडौमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशन कार्यक्रम स्थल परिसरमा संचारकर्मीहरुसँग बोल्दै उनले पार्टी भित्र को आयो को व्यक्ति गयो भनेर व्यक्तिवादी टिप्पणी गर्नु भन्दापनि वैचारिक हिसाबले लाग्नुपर्ने धारणा राखिन् । उनले देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जान पर्ने उल्लेख गरिन् । ‘देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जानुपर्छ । देशलाई चिनेका मान्छेहरु हरेक तप्कामा हुनुहुन्छ जोड्ने क्रमलाई जारी राख्नुपर्छ । भोलिका दिनमा यही…

Read More