प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका एनसीसी प्रतिनिधिमण्डलको भेट

काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्। प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो। प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन् । विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता…

Read More

आईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) २५…

Read More

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए । उनले भने,‘देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न…

Read More

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६…

Read More

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

ललितपुर । ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट होटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट संचालनमा ल्याएको छ । शान्त र हरियाली वातावरणबीच बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट संचालनमा आएको हो । बेस्ट वेस्टर्न प्लस अन्तर्राष्ट्रिय व्रान्ड हो । विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले एक भव्य समारोहबीच रिसोर्टको औपचारिक उद्घाटन गरे । काठमाडौंको तिलगंगापछि गोदावरीमा दोस्रो ब्राण्ड संचालनमा आएको हो । रिसोर्टका जनरल म्यानेजर अरविन्द्र केसीका अनुसार वन क्षेत्रको बीचमा अवस्थित रिसोर्टमा ८३ वटा आकर्षक कोठा तथा सुइटहरू छन् । एक्जिक्युटिभ सुइटदेखि हरियाली दृश्य कोठासम्म पुग्छन् । आधुनिक प्रविधिले…

Read More

फुटवल प्रतियोगितामार्फत निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

सिरहा । सिरहाको गोलाजार नगरपालिका ३ मा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्न वडा स्तरीय फुटबल प्रतियोगिता गरिरहेको पाइएको छ । फागुन–२१ प्रतिनिधिसभाको राजनीतिक माहोल तातेका बेला वडा अध्यक्षले आफ्नो उम्मेदवारलाई समर्थन गर्नका लागि प्रतियोगितामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ । स्थानीयवासीहरूका अनुसार प्रतियोगिताको नाममा राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखिएको छ।सोही वडाका एक स्थानीयले भने, नेकपा पार्टीबाट सिरहा क्षेत्र नं–३ का उम्मेदवार बिश्वनाथ साहले एक लाख रुपैयाँ सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार सो सहयोग मतदातालाई आकर्षित गर्ने रणनीतिअन्तर्गत प्रदान गरिएको हो। यता वडाअध्यक्ष धनप्रसाद…

Read More

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो । बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Read More

जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । ‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ । पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । साथै, संविधानमा रहेका त्रुटि सच्याउँदै राज्यको संघीय पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ । घोषणा–पत्रमा वर्तमान राजनीतिक…

Read More

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरुसँग छलफल गरेका छन् । छलफलमा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न शान्ति सुव्यवस्था लगायतका पक्षमा मन्त्रालयको तर्फबाट कुनै कमी नरहने बताए । साथै स्थानीय तहका छाता संगठनको समन्वयात्मक भूमिकाको प्रशंसा गरे । मन्त्री अर्यालले स्थानीय जनप्रतिनिधि स्थानीय तहको अभिभावक भएको बताउँदै स्थानीय तहका पदाधिकारीसँगको समन्वयलाई महत्व दिएर मन्त्रालय अघि बढिरहेको बताए । त्यस्तै स्थानीय तहका छाता संगठनका प्रमुख तथा…

Read More